बङ्गलादेशमा हिन्दु नेताको अपहरणपछि कुटेर हत्या

बङ्गलादेशमा हिन्दु नेताको अपहरणपछि कुटेर हत्या

bhavesh

पोखरा । बङ्गलादेशका एक हिन्दू नेताको अपहरण गरी हत्या गरिएको छ ।

हिन्दू नेता ५८ वर्षीय भावशचन्द्र रोयलाई अपहरण गरी हत्या गरिएको हो ।

रोयको घर बङ्गलादेशको राजधानी ढाकाबाट लगभग ३३० किलोमिटर उत्तरपश्चिममा रहेको दिनाजपुर जिल्लाको बासुदेवपुर गाउँमा छ ।

उनलाई गत बिहीबार दिउँसो घरबाट अपहरण गरेर निर्घात कुटपिट गरी हत्या गरेका थिए। हत्या पश्चात उनको शव एउटा भ्यानमा हालेर परिवारको घरमै ल्याइफालिएको प्रहरीले जनाएको छ।

अल्पसंख्यक हिन्दु समुदायमाथि बढ्दो आक्रमण र हिंसात्मक घटनाले बङ्गलादेशमा धार्मिक सहिष्णुता र मानव अधिकारको अवस्थामाथि गम्भीर प्रश्न उठेको छ।

घटनापछि स्थानीय हिन्दु समुदायमा त्रास र आक्रोश फैलिएको छ। उनीहरूले दोषीहरूलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ