काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरू तितरवितर भएका छन् ।
नयाँ बानेश्वर–माइतीघर सडकखण्डमा भएको प्रदर्शन केहीबेर अघिबाट तितरवितर भएको छ । प्रदर्शनकारीहरूलाई तितरवितर बनाएर अहिले बबरमहल क्षेत्रको सडकका साइड लेनमा सवारी चल्न सुरु भएको छ ।
राप्रपाको प्रदर्शनका कारण सो सडकखण्डको सबै लेनमा सवारी आवागमन बन्द भएको थियो । प्रदर्शनकारीहरूले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए ।
राप्रपाले प्रहरीलाई झुक्याएर निषेधित क्षेत्र सिंहदरबारभित्र प्रदर्शन गरे । तीनकुने घटनाका न्यायिक छानबिन गर्न भन्दै राप्राका कार्यकर्ताहरू माइतीघर-नयाँ बानेश्वर सडकमा प्रदर्शन गरिरहँदा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका सांसदहरू सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न भनेर पुगेका थिए ।
राप्रपाका सांसदहरूले सिंहदरबारभित्र झुक्याएर प्रदर्शन गरेपछि पक्राउ परेका थिए । उनीहरूका गतिविधि शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष एवं उपनेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई सिंहदरबारभित्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका तीनैजनालाई काठमाडौं प्रहरी परिसरमा लगिएको प्रहरीले जानकारी दिएको छ।
राप्रपाको आज निषेधित क्षेत्र तोड्ने योजनाका साथै गिरफ्तारी दिने तयारी थियो। प्रहरीले उनीहरूले सिंहदरबारभित्रै प्रदर्शन गर्नसक्ने भन्दै बिहानैदेखि निगरानीमा राखेको थियो।
राप्रपाले निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्ने बताएपछि बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको थियो। गृहमन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै कानुन उल्लंघन नगर्न आग्रह गरेको थियो।
मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको थियो। तर, मन्त्रालयको आग्रहको अवज्ञा गर्दै निषेधित क्षेत्रमै प्रदर्शनमा उत्रिएपछि राप्रपाका सांसदहरूलाई नियन्त्रणमा लिएको परिसरले जनाएको छ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’