काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।
मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाएकी हुन् ।
शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री, सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निष्कर्ष ननिस्किएको अवस्थामा उनको राजीनामा आएको हो । शिक्षकको पक्षमा वकालत गर्दै आएकी शिक्षामन्त्री भट्टराई शिक्षकबाट नै घेराबन्दीमा परिन् ।
नयाँ शैक्षिक सत्र सुरु हुँदा गरिब निमुखाका छोराछरी विद्यालय जान नपाएको, एसईईको उत्तरपुस्तिका परीक्षण नभएको, पाठ्यस्तक रुजु गर्न विद्यालयमा प्रधानाध्यापक नभएको, विद्यार्थीको भविष्य अन्योल भएपछि मन्त्री भट्टराइ निरास भएको शिक्षा मन्त्रालयका एक अधिकारी बताउँछन् ।
मन्त्री भट्टराईले आफू निकटस्थसँग पनि काममा असहज भएको गुनासो गरिरहेकी बताइन्छ । गत माघमा मन्त्री भट्टराईले पोखरा पुगेर ऐन बन्ने बाटो तय नभए राजीनामा दिने बताएकी थिइन् । यसैलाई आधार बनाएर सडकबाट शिक्षकहरूले मन्त्री भट्टराईमाथि प्रश्न गरिरहेका छन् ।
मन्त्री भट्टराईले आइतबार हिमालयन टेलिभिजनसँगको अन्तर्वार्तामा थप प्रष्ट पारेकी छिन् । ‘ऐन नआउने बाटोमा गयो भने म तपाईंहरूसँग हुन्छु । राजीनामा दिन्छु भनेको हो,’ मन्त्री भट्टराईले भनेकी छिन् ।
उनले अहिले ऐन बन्ने बाटोमा गएको बताएकी थिइन् । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिमा विधेयकको काम भइरहेको उनले बताएकी थिइन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल शिक्षक महासंघका पदाधिकारीसँग ५ वैशाखमा बेग्लाबेग्लै भेट गरी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गरेका थिए ।
उच्चस्तरीय राजनीतिक पहलसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र महासंघबीच अनौचारिक तहमा कुराकानी भइरहेको छ । ती कुराकानीका आधारमा मन्त्रालयले सरकारका तर्फबाट तत्काल सम्बोधन गर्न सकिने शिक्षकहरूको मर्यादाक्रम निर्धारण र सरकारी अस्पतालमा उपचारलगायत विषयमा मन्त्रिपरिषद्मा प्रस्ताव लगेर निर्णय गराउने तयारी गरेको छ ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’