सक्षम, इमान्दार र असल भएकैले विद्या भट्टराईले राजीनामा दिनुपरेको हो?: एमाले उपाध्यक्ष अष्टलक्ष्मी

सक्षम, इमान्दार र असल भएकैले विद्या भट्टराईले राजीनामा दिनुपरेको हो?: एमाले उपाध्यक्ष अष्टलक्ष्मी

'राजीनामाले उनको नैतिक धरातल कमजोर होइन अझ उच्च बनाएको छ'

Astalaxmi-Shakya

नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सक्षम, इमान्दार र असल भएकैले विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिनुपरेको हो भनेर प्रश्न गरेकी छन्।

एमाले सांसद भट्टराईले सोमबार शिक्षामन्त्रीबाट राजीनामा दिएपछि पार्टीभित्र विभिन्न प्रश्न उठिराखेको छ। उनलाई पार्टी अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाटै असहयोग भएको पनि एमाले नेताहरूले टिपप्णी गरेका छन्।

यसै सन्दर्भमा उपाध्यक्ष शाक्यले शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री भट्टराईले राजीनामा किन दिनुपर्‍यो भनेर प्रश्न गरेकी हुन्।

‘विद्या भट्टराई सक्षम, इमान्दार, नैतिकता उच्च भएको, एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको हो? उहाँलाई सहयोग किन भएन?,’ उनले प्रश्न गरेकी छन्। भट्टराईको राजीनामाले उनको नैतिक धरातल कमजोर होइन अझ उच्च बनाएको शाक्यको बुझाइ छ।

‘विद्या! तपाईंको इमान र नैतिकता सबैको लागि सधैँ प्रेरणा बनोस्,’ शाक्यले सामाजिक सञ्जालमा भनेकी छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ