काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गर्नेलाई अहिले घेराबन्दी गरिरहेको आरोप लगाएका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“अपराधीले राम्रो काम गर्नेलाई घेराबन्दी गरिरहेका छन् । विरोधीहरुले संगठित गर्छन् । हाम्रै साथीहरुलाई पनि कतै त्यसै विरोध भएको त होइन होला नि भन्ने परेको छ । त्यो भ्रममा हाम्रै केही साथीहरु सामेल भएको पाइएको छ । विभिन्न प्रकारका वैदेशिक शक्तिहरुले हाम्रो पार्टीलाई समर्थन गरेका छैनन् । त्यसैबेला हाम्रो नेतृत्वले गलत त गरेन भन्ने परेको छ । आलोचनाको तारो भइरहेको छ । आलोचनाको तारो नहुने नेता खोज्नुपर्छ कि ! भन्ने परेको छ,” ओलीको भनाइ थियो ।
उनले आफूले सम्झौता गर्ने हो भने एक महिनामै हाइ हाइ हुने बताएका छन् ।
“जेठ महिनाभित्रै हाइ हाइ हुन सकिन्छ । मैले गति छाडेँ भन्ने हो भने हाइ हाइ भइन्छ,” उनको भनाइ थियो, “यस्तो हुनुपर्छ नि भन्छन् तर हाम्रो पथ त्यस्तो होइन । हामी महान परिवर्तनको उद्देश्यबाट आएका हौँ । समाजवाद भनेरमात्रै पुगेन अब समृद्ध नेपाल सुखी नेपाली भनेरै बुझाउनपर्छ । नेकपा एमालेबाहेकका पार्टीले समृद्ध नेपाल सुखी नेपाली भन्न किन सक्दैनन् ?”
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु