मैले गति छाडेँ भने एक महिनामै हाइ हाइ हुन सक्छु: प्रधानमन्त्री ओली

राजनीति

मैले गति छाडेँ भने एक महिनामै हाइ हाइ हुन सक्छु: प्रधानमन्त्री ओली

अपराधीले घेराबन्दी गरे, वैदेशिक शक्तिले हामीलाई समर्थन गरेनन्

kp oli speech

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गर्नेलाई अहिले घेराबन्दी गरिरहेको आरोप लगाएका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“अपराधीले राम्रो काम गर्नेलाई घेराबन्दी गरिरहेका छन् । विरोधीहरुले संगठित गर्छन् । हाम्रै साथीहरुलाई पनि कतै त्यसै विरोध भएको त होइन होला नि भन्ने परेको छ । त्यो भ्रममा हाम्रै केही साथीहरु सामेल भएको पाइएको छ । विभिन्न प्रकारका वैदेशिक शक्तिहरुले हाम्रो पार्टीलाई समर्थन गरेका छैनन् । त्यसैबेला हाम्रो नेतृत्वले गलत त गरेन भन्ने परेको छ । आलोचनाको तारो भइरहेको छ । आलोचनाको तारो नहुने नेता खोज्नुपर्छ कि ! भन्ने परेको छ,” ओलीको भनाइ थियो ।

उनले आफूले सम्झौता गर्ने हो भने एक महिनामै हाइ हाइ हुने बताएका छन् ।

“जेठ महिनाभित्रै हाइ हाइ हुन सकिन्छ । मैले गति छाडेँ भन्ने हो भने हाइ हाइ भइन्छ,” उनको भनाइ थियो, “यस्तो हुनुपर्छ नि भन्छन् तर हाम्रो पथ त्यस्तो होइन । हामी महान परिवर्तनको उद्देश्यबाट आएका हौँ । समाजवाद भनेरमात्रै पुगेन अब समृद्ध नेपाल सुखी नेपाली भनेरै बुझाउनपर्छ । नेकपा एमालेबाहेकका पार्टीले समृद्ध नेपाल सुखी नेपाली भन्न किन सक्दैनन् ?”

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ