नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पटक-पटक धोका भएको भन्दै शिक्षकहरूलाई निरन्तर आन्दोलन गर्न आग्रह गरेका छन्।
शिक्षक आन्दोलन २१ औं दिन पूरा हुँदा आगोमा घ्यू थप्दै उनले उक्साएका हुन् । प्रचण्डको यस्तो भनाई सार्वजनिक भएपछि नागरिक स्तरबाट उनैमाथि प्रश्न तेर्सिएको छ: माओवादी सधैं सरकारमा रहँदा किन माग पूरा नगरेको ?
२०७२ सालमा संविधान जारी भएपछि ९ वर्षसम्म शिक्षा ऐन आउन सकेको छैन । यसबीचमा अहिले पछिल्लो ८ महिना बाहेक माओवादी सरकारमै छ । तर, ८ वर्षसम्म माओवादीले शिक्षकका माग पूरा नगर्ने अनि अहिले उकास्ने भन्दै प्रश्न तेर्सिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूका मागबारे गम्भीर रूपमा वार्ता नगरेको पनि प्रचण्डको आरोप छ।
‘म शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन अपिल गर्छु,’ नेपाल कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार भएको कार्यक्रममा प्रचण्डले भने, ‘तपाईंहरू पटक पटक आन्दोलन गर्नुभएको छ, पटक पटक सम्झौता भएको छ र पटक पटक धोका भएको छ। यो पटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ।’
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री नकारात्मक भइदिएपछि शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिनुपरेको पनि बताए।
‘शिक्षकका समस्या माओवादी वा कुनै पार्टी विशेषका समस्या त होइन। यो त राष्ट्रकै समस्या हो। शिक्षकहरूले माग गरेको कुनै नयाँ कुरा पनि होइन, हिजो सरकारले गरेको सहमति कार्यान्वयन गर भनेको हो। सम्झौताअनुसारको ऐन बनाइदेऊ भनेको हो,’ उनले भने, ‘तर त्यसमा प्रधानमन्त्री असाध्यै नकारात्मक भइदिएपछि एमालेकै शिक्षा मन्त्रीले राजीनामा दिनुभयो, यसबाट पनि सरकार कति गैरजिम्मेवार छ भन्ने नयाँ प्रमाण प्रस्तुत भएको छ। यो सरकार आफ्नै बोझमा दबिएर सिध्धिन्छ। सरकारले बुद्धि पुर्यायोस्।’
शिक्षकहरूले गरेको माग नयाँ नभएको भन्दै सम्झौता अनुसार अघि बढ्न प्रधानमन्त्री केपी शर्मा ओली नकारात्मक भएको दाबी गरे ।
‘शिक्षकहरूले माग गरेको कुनै नयाँ कुरा होइन । हिजो सरकारले गरेको सहमति कार्यान्वयन गर भनेको भन्दा बाहेक केही होइन,’ ‘प्रचण्ड’ले भने, ‘हिजो जे सम्झौता भएको थियो, त्यो सम्झौता अनुसार ऐन बनाइदेऊ भनेको मात्रै हो । तर, त्यसमा प्रधानमन्त्री असाध्यै नकारात्मक भइदिएपछि के हुन्छ ।’
सम्बन्धित खबर
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह