नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पटक-पटक धोका भएको भन्दै शिक्षकहरूलाई निरन्तर आन्दोलन गर्न आग्रह गरेका छन्।
शिक्षक आन्दोलन २१ औं दिन पूरा हुँदा आगोमा घ्यू थप्दै उनले उक्साएका हुन् । प्रचण्डको यस्तो भनाई सार्वजनिक भएपछि नागरिक स्तरबाट उनैमाथि प्रश्न तेर्सिएको छ: माओवादी सधैं सरकारमा रहँदा किन माग पूरा नगरेको ?
२०७२ सालमा संविधान जारी भएपछि ९ वर्षसम्म शिक्षा ऐन आउन सकेको छैन । यसबीचमा अहिले पछिल्लो ८ महिना बाहेक माओवादी सरकारमै छ । तर, ८ वर्षसम्म माओवादीले शिक्षकका माग पूरा नगर्ने अनि अहिले उकास्ने भन्दै प्रश्न तेर्सिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूका मागबारे गम्भीर रूपमा वार्ता नगरेको पनि प्रचण्डको आरोप छ।
‘म शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन अपिल गर्छु,’ नेपाल कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार भएको कार्यक्रममा प्रचण्डले भने, ‘तपाईंहरू पटक पटक आन्दोलन गर्नुभएको छ, पटक पटक सम्झौता भएको छ र पटक पटक धोका भएको छ। यो पटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ।’
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री नकारात्मक भइदिएपछि शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिनुपरेको पनि बताए।
‘शिक्षकका समस्या माओवादी वा कुनै पार्टी विशेषका समस्या त होइन। यो त राष्ट्रकै समस्या हो। शिक्षकहरूले माग गरेको कुनै नयाँ कुरा पनि होइन, हिजो सरकारले गरेको सहमति कार्यान्वयन गर भनेको हो। सम्झौताअनुसारको ऐन बनाइदेऊ भनेको हो,’ उनले भने, ‘तर त्यसमा प्रधानमन्त्री असाध्यै नकारात्मक भइदिएपछि एमालेकै शिक्षा मन्त्रीले राजीनामा दिनुभयो, यसबाट पनि सरकार कति गैरजिम्मेवार छ भन्ने नयाँ प्रमाण प्रस्तुत भएको छ। यो सरकार आफ्नै बोझमा दबिएर सिध्धिन्छ। सरकारले बुद्धि पुर्यायोस्।’
शिक्षकहरूले गरेको माग नयाँ नभएको भन्दै सम्झौता अनुसार अघि बढ्न प्रधानमन्त्री केपी शर्मा ओली नकारात्मक भएको दाबी गरे ।
‘शिक्षकहरूले माग गरेको कुनै नयाँ कुरा होइन । हिजो सरकारले गरेको सहमति कार्यान्वयन गर भनेको भन्दा बाहेक केही होइन,’ ‘प्रचण्ड’ले भने, ‘हिजो जे सम्झौता भएको थियो, त्यो सम्झौता अनुसार ऐन बनाइदेऊ भनेको मात्रै हो । तर, त्यसमा प्रधानमन्त्री असाध्यै नकारात्मक भइदिएपछि के हुन्छ ।’
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’