काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो असहयोगबाट शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएको भन्दै समाचार आएकोप्रति आपत्ति जनाएका छन् ।
नेकपा स्थापनाको ७६ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
“क जना मन्त्रीले राजीनामा दिएको कुरामा धेरै हल्ला भएको छ । किन भन्दा प्रधानमन्त्रीले काम गर्न दिनुभएन रे ?, उनले भने, ‘मैले बनाएको मन्त्री, मैले सहयोग गरिरहेको छु । सिकाइरहेको छु ।’
शिक्षामन्त्री भट्टराईले केही समयअघिमात्रै अप्रेसन गरेको भन्दै शिक्षा मन्त्रालय ठूलो मन्त्रालय नभए पनि काम गर्न सजिलो पनि नभएको बताए ।
प्रधानमन्त्रीले असहयोग गरेर, मतभेदबाट भनेर लेखेको भन्दै उनले आपत्ति जनाएका छन् ।
‘अस्ति भर्खरै पनि अप्रेसन गर्नुभयो । धेरै ठूलो मन्त्रालय छैन । सजिलो पनि छैन । त्यसो भएर स्वास्थ्य कारण देखाउनुभएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘स्वास्थ्यको कारणले उहाँले काम गर्न सक्नुभएन भने आजको अखबारमा सबैको हेडलाइन मेरो विपरित छ । सबैले एकठाउँमा बसेर सल्लाह गरेर लेखेजस्तो छ । प्रस्ताव पारित नै गरेर टेलिफोन गरेर योजनावद्ध भएर लेखेका छन् ।”
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण