काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफुबिनाको एमाले र एमालेबिनाको नेपालको खोजी भइरहेको भन्दै आपत्ति जनाएका छन् ।
उनले अहिले आफूहरु मिसन ८४ मा केन्द्रित रहेको बताउँदै फेरि पनि मेची–महाकाली यात्रामा निस्किएर शक्ति देखाउने बताए ।
“हामी मिसन ८४ मा केन्द्रित छौँ । कुनै प्रकारको द्विविधा मनमा नलिनुस् । आत्मविश्वास राणा शासनसँग जुधेर बाँचेर आएको पार्टी हो,” उनले भने, “पञ्चायत र निरंकुश राजतन्त्रसँग जुधेर आएको पार्टी हो । सबै शक्ति एकजुट भएर सिध्याउँछु भनेर आउँदा जोगिएर आएको पार्टी हो । यो कुरा जनताले बुझेको छ । अब पनि मेची महाकाली यात्रा गर्नेछौँ ।”
उनले अहिले एमालेबिनाको नेपाल खोजी भइरहेको भन्दै आपत्ति जनाए ।
“किन खोजिँदैछ केपी ओली बिनाको एमाले ? मनसाय राम्रो भएको भए छाडिदिन्थेँ,” उनले भने, “केपी ओलीबिनाको एमाले, एमालेबिनाको नेपाल चाहियो रे ? मिसन ८४ मा हेरौला ?”
उनले नयाँ शक्तिले प्रधानमन्त्रीले राजीनामा कहिले दिने भनेर प्रश्न गरेको बताउँदै आक्रोश व्यक्त गर्दै भने, “पर्ख पर्ख मैले १५ महिनामा राजीनामा दिन्छु । प्रधानमन्त्रीको राजीनामा कहिले भनेका छन् ? मैले भन्छु १५ महिनामा राजीनामा दिन्छु । पर्ख पर्ख १५ महिनामा राजीनामा दिन्छु । पत्रिकालाई अरु नै बनाउन मन होला ।”
आरजू राणाको बैठक र शेरबहादुर देउवाको भ्रमणलाई लिएर यहाँ सरकारका विरुद्धमा अफवाह फैलाइएको बताए ।
“कांग्रेस र एमाले मिल्नुहुँदैन भनेर खोज्न जानुभएको हो ? शेरबहादुर देउवा थाइल्यान्ड ?,” उनको प्रश्न थियो, “१५ महिनापछि देउवालाई सत्ता हस्तान्तरण गर्ने हो । उहाँको सरकारमा आए हुन्छ । अहिले नै सहयोग गरे पनि हुन्छ । देउवा आएपछि के हुन्छ भनेर हल्ला चलाएका छन् । नेपालमा प्रतिगमन हुनेवाला छैन ।”
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण