भारत — भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि आतंकवादीले गरेको आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ ।
दैनिक भाष्करका अनुसार आक्रमणमा परी एक नेपालीको पनि मृत्यु भएको छ ।नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सञ्जिब शर्माका अनुसार हमलामा मृत्यु भएका नेपाली बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का सुदीप न्यौपाने हुन्।
घटनास्थलमा उनको सवारी लाइसेन्स भेटिएको छ। उक्त लाइसेन्स भेटिएसँगै उनको पहिचान खुलेको हो। यसबारेमा रूपन्देही जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रूपन्देहीले थप प्रक्रिया अघि बढाएको छ।
पहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो । स्वीट्जरल्यान्ड पार्कको नामले चिनिने चौरमा घुमिरहेका पर्यटकमाथि बन्दुकधारीहरूले हमला गरेका थिए । लस्कर–ए–तोयबाका संस्थापक हफिज सइद नेतृत्वको ‘द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) ले आक्रमणको जिम्मा लिएको भारतीय सञ्चारमाध्यमहरूको दाबी छ ।
सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै मृतकमध्ये १६ जनाको नाम सञ्चारमाध्यमले सार्वजनिक गरेका छन्, त्यसमा एक नेपाली भनेर सन्दीप न्यौपानेको नाम उल्लेख छ तर विस्तृत विवरण छैन । घटनालगत्तै गृहमन्त्री अमित शाह कश्मीर पुगेका छन् ।
घाइतेहरूको अनन्तनागस्थित अस्पतालमा उपचार भइरहेको छ । विपक्षी नेता राहुल गान्धीले यो घटनालाई ‘हृदयविदारक’ भन्दै संघीय सरकारले उत्तरदायित्व लिनुपर्ने माग गरेका छन् । भारत सरकारले पछिल्ला वर्षहरूमा कश्मीरलाई पर्यटन केन्द्रका रूपमा प्रवर्द्धन गर्दै आएको छ ।
सन् २०२४ मा झन्डै ३५ लाख पर्यटकहरूले कश्मीर भ्रमण गरेका थिए । सन् २०१९ मा पुलवामामा भएको आक्रमणमा ४० सुरक्षाकर्मीको मृत्यु भएको थियो । सन् २००० मा भएको आक्रमणमा ३६ भारतीय नागरिकको ज्यान गएको थियो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पर्यटकमाथि गरिएको बर्बर आक्रमणलाई ‘क्रूर घटना’ भएको बताउँदै दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
कश्मीर आतंकवादी आक्रमणको नेपालले गर्यो कडा निन्दा
जम्मू–कश्मीरमा २७ जनाको ज्यान जानेगरी मंगलबार भएको आतंकवादी आक्रमणको नेपालले निन्दा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मू–कश्मीरको पलगाममा भएको आतंकवादी आक्रमणको कडा निन्दा गरेका हुन् ।
जहाँ एक जना नेपालीसहित २७ जनाको मृत्यु भएको छ । प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीले आतंकवादविरुद्धको लडाइँमा भारतसँग दृढ ऐक्यबद्धता जनाउँदै यस्ता सबै किसिमका आतङ्कवादी कार्यहरूको कडा निन्दा गरेका हुन्।
ओलीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘पहलगाममा भएको आतङ्कवादी आक्रमणमा परेका सबैप्रति गहिरो समवेदना प्रकट गर्दछौं। नेपालले भारतसँग दृढ ऐक्यबद्धता जनाउँछ र सबै किसिमका आतङ्कवादी कार्यहरूको कडा निन्दा गर्दछ।’
मंगलबार चार/पाँच जनाको समूहमा आएका आतंकवादीले त्यहाँ रहेका पर्यटकको धर्म सोधेर गोली प्रहार गरेका थिए । नाम र धर्म नबताउनेको पाइन्टसमेत खोलेर चेक गरिएको आक्रमणका घाइतेहरुले बताएका छन् ।
सम्बन्धित खबर
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने
स्याङ्जा सहयोग समाजको छैठौं विश्व सम्मेलन: मीनबहादुर क्षेत्री अध्यक्षमा चयन
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’