काठमाडौं । नेकपा एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने भएको छ । उनलाई भोलिमात्रै शपथ गराउने तयारी भएको छ ।
शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि पद रिक्त थियो ।
प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार शिक्षामन्त्रीमा पन्तलाई नियुक्त गरिसकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई नियुक्त गरेका हुन् ।
यसअघि सोमबार विद्या भट्टराईले राजीनामा दिएकी थिइन् । रिक्त ठाउँमा रघुजीलाई एमालेले अघि सारेको हो । पन्तको भोलि ४ बजे शपथ गराउने तयारी छ ।
एमालेको समानुपातिक सांसद पन्त यसअघि २०६१ सालमा शेरबहादुर देउवाको क्याविनेटमा श्रममन्त्री भएका थिए ।
पन्त मन्त्रिपरिषद्को बरियताक्रमको आठौँ नम्बरमा अटाएका छन् । राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको २ राज्यमन्त्री सहितको २४ सदस्यीय मन्त्रिपरिषद्मा आठौँ नम्बरमा अटाएका हुन् ।
वरियता अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीपछि दोस्रो नम्बरमा उपप्रधान एवम सहरी विकासमँन्त्री प्रकाशनमान सिंह, तेस्रो नम्बरमा उपप्रधान एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेल, चौथो नम्बरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, पाचौँ नम्बरमा गृहमन्त्री रमेश लेखक, छैटौ नम्बरमा श्रम, रोजगार तथा सामाजिक सरक्षामन्त्री शरदसिंह भण्डारी र सातौ नम्बरमा परराष्ट्रमन्त्री डा.आरजु राणा रहेका छन् ।
शिक्षामन्त्री पन्त भन्दा पछि नवौँ नम्बरमा खानेपानीमन्त्री प्रदीप यादव, १० औँ नम्बरमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारी र एघारौ नम्बरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी रहेका छन् ।
एमालेबाट मन्त्रिपरिषद्मा प्रतिनिधित्व गर्ने मन्त्रीको बरियतामा पन्त चौथो नम्बरमा रहेका छन् ।

सम्बन्धित खबर
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह