काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले उपमेयरमा निर्वाचित भएर आफूले राम्रो काम गरेको देख्न नचाहनेहरुले आफूमाथि घेराबन्दी गरेको बताएकी छन्।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालेले आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रममा बोल्दै डंगोलले आफूले राम्रो काम गरेपछि निरन्तर आक्रमण भएको महसुस गरेको बताइन्।
अहिले एमालेमाथि चौतर्फी आक्रमण भइरहेको बताउँदै उनले जति आक्रमण भए पनि विचलित नहुने दाबी गरिन् । आफूले गरेको राम्रो काम देख्न नसक्नेहरूले आफूमाथि निरन्तर आक्रमण गरिरहेका उनले बताइन् । ‘विकासका काम गर्नेमाथि आक्रमण गर्नेहरू राष्ट्र विरोधी तत्त्वहरू हुन्,’ उनले भनिन् ।
जसले सपना देख्छ, उसैले काम गर्ने पनि उनले बताइन् । एमाले सपना देख्ने पार्टी भएको उनको धारणा छ । ‘स्टन्ट गरेर देश बन्दैन, अरुलाई गाली गरेर देश बन्दैन, देश बनाउने हो भने योजनाअनुरूप काम गर्नुपर्छ, योजना बनाउनुपर्छ,’ उनले भनिन् । नेकपा एमालेका युवाहरू समस्याबाट भाग्ने युवा नभएका उनले बताइन् । समस्यासँग जुधेर समाधान खोज्नुपर्ने उनको धारणा छ ।
नेपाली युवाले काम गर्न सक्छ भन्ने कुरा आफूले विश्व सामु प्रस्तुत गरेको उनले दाबी गरिन् । आफूले गरेको कामले धेरैलाई पोलेको र उनीहरू आफूमाथि निरन्तर आक्रमणमा लागिरहेको उनले स्पष्ट पारिन् । ‘म रोकिन्नँ, म रोकिने मान्छे होइन, म मेरो शहर र मेरो देशका लागि काम गरिरहन्छु,’ उनले भनिन् ।
उनले एमाले, प्रधानमन्त्री केपी ओली र आफूमाथिको आक्रमणलाई अझ उत्कृष्ट कामबाटै परास्त गर्ने बताइन्। नेपाली युवा सकारात्मक ऊर्जा र राष्ट्रिय भावनाले ओतप्रोत भएको उनले बताइन् ।
नेपाली युवा सबैभन्दा माथि राष्ट्र भनेर एकजुट भएको उल्लेख गरिन् । ‘जबजब युवा एकजुट हुन्छन्, तबतब असम्भव भनिएका कुरालाई सम्भव बनाउँछन्, सफलता उनीहरूले नै पाउँछन्, जसले कहिल्यै हार मान्दैन,’ उनले भने ।
एमाले अध्यक्ष केपी ओली पनि राष्ट्रवादी र काम गर्ने मान्छे भएका कारण उनीमाथि आक्रमण भइरहेको उनले बताइन् । भूकम्पले थिलथिलो भएको देशलाई उठाउने केपी ओलीलाई सम्मान गर्नुको बदला राष्ट्रविरोधीहरूले विभिन्न आरोप लगाउने गरेको उनको भनाइ छ ।
युवाले सही र गलत छुट्याउनुपर्ने उनले बताइन् । युवाले हरेक कुरालाई रचनात्मक हिसाबले विश्लेषण गर्नुपर्ने बताइन् । सत्य के हो भनेर हेर्ने र खोज्ने मानिस मात्र युवा हुने उनको धारणा छ । मानिस उमेरले मात्र युवा हुने होइन, सोच र कामले युवा हुने बताइन् ।
एमालेले कसैको घर लुट्न नसिकाउने उनले उल्लेख गरिन् । सामाजिक सञ्जालमा भाँडभैलो मच्चाउन नसिकाउने उनले प्रस्ट पारिन् । ‘एमालेले युवालाई दश नङ्ग्रा खियाउन सिकाउँछ, त्यस कारण म एमालेमा छु,’ डंगोलले भनिन् ।
डङ्गोलले आफू एमालेमा लाग्दा भड्काउने प्रयास भएको बताएकी छन् । ‘उमेरले मात्र युवा हुँदोरहेनछ । हामी निरन्तर अध्ययनशील हुन्छौ र सत्यका पछि उभिइरहनेछौ’, उनले भनिन्, ‘जब म नेकपा एमालेमा आबद्ध हुने निर्णय गरेँ धेरैले मलाई निरुत्साहित पनि गर्नुभयो र यो पार्टीमा युवाको ठाउँ छैन । जीवन बिगार्यौ ।’
उनले बेकारमा पार्टीमा गएर जीवन बिगारेको र भ्रम छर्दै भड्काउने प्रयास भएको बताइन् । जवाफमा उनले इतिहास बुझेको र अध्ययन गरेको भन्दै एमालेले सरकारमा गएका बेला राष्ट्र विकास गरेको भन्दै आफू एमालेमै लाग्ने निर्णय गरेको बताइन् ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण