काठमाण्डौ – सरकार र आन्दोलनरत शिक्षकबीच आज बिहान भएको वार्ता निष्कर्षविहिन भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा मन्त्री रघुजी पन्तसहित बसेको बैठक विना निष्कर्ष सकिएको हो ।
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त भएपछि यो पहिलो वार्ता हो । हिजो दिउँसो मन्त्री पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आह्वान गरेसँगै बेलुका शिक्षकका केही प्रतिनिधि सिंहदरबार पुगेका थिए । तर औपचारिक वार्ता र छलफल भएन ।
आजको वार्तापछि नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरुका माग र आन्दोलनबारे जानकारी गराउने काम मात्रै भएको तर यो छलफल र सम्वादलाई निरन्तरता दिने बताए ।
साथै, उनले वार्ता ठोस निष्कर्षमा नपुग्दासम्म आफूहरुको आन्दोलन नरोकिने पनि बताए । अर्को बैठक कहिले बस्ने टुङ्गो लागेको छैन ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गएको चैत्र २० गतेदेखि काठमाण्डौमा प्रदर्शन गर्दै आएका छन् ।
शिक्षकहरु आन्दोलनमा रहँदा सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना, पठनपाठनसँगै एसईईको उत्तरपुस्तिका परीक्षण र अस्ति बिहीवारदेखि शुरू हुनुपर्ने कक्षा १२ को परीक्षामा प्रत्यक्ष असर गरेको छ ।
सर्वोच्च अदालतले अस्ति बिहीवार तीन दिनभित्र विद्यालयमा पठनपाठनको वातावरण मिलाउन आदेश दिएको छ ।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’