नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा (एमाले)का पूर्वअध्यक्ष मनमोहन अधिकारीको आज २६औँ स्मृति दिवस मनाइँदैछ ।
स्मृति दिवसमा मनमोहन स्मृति प्रतिष्ठानले बिहान ८ बजे प्रतिष्ठानको केन्द्रीय कार्यालय सानेपामा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
नेपालको वाम–लोकतान्त्रिक आन्दोलनका लोकप्रिय नेता अधिकारीको नेतृत्वमा एमालेले विसं २०५१ मा ९ महिना सरकार चलाएको थियो । अधिकारी नेतृत्वको तत्कालीन सरकारले ‘आफ्नो गाउँ, आफै बनाऔँ’देखि सामाजिक सुरक्षा भत्ता, गाउँगाउँमा सहकारी लगायत लोकप्रिय कार्यक्रमको सुरुवात गरेको थियो ।
अधिकारी नेतृत्वकै सरकारले ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिन सुरु गरेको थियो । अधिकारी नेतृत्वको ९ महिने सरकारले गरेको लोकप्रिय कामको चर्चा अहिले पनि हुने गरेको छ ।
लोकप्रिय नेता अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा हृदयाघात भएर उपचारका क्रममा निधन भएको थियो ।
‘नेता मनमोहन अधिकारी राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुहुन्थ्यो’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको निष्ठा, त्याग र जीवनशैलीबाट हामी सबैले सिक्नुपर्ने बताएकी छिन्। साथै उनले नेता अधिकारी राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुहुन्थ्यो भनेकी छिन्।
छब्बिसौँ मनमोहन स्मति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सच्चा साम्यवादीका रुपमा नेता अधिकारीले अवलम्बन गरेको मार्गलाई हामी सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिइन्।
प्रधानमन्त्री अधिकारीको कार्यकालमा देशको विकास तल्लो तहको विकासबाट मात्र सम्भव हुने वास्तविकतालाई मनन गरी ‘आफ्नो गाउँ आफै बनाउँ’ अवधारणा अघि सारेर उहाँले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुभएको पूर्वराष्ट्रपति भण्डारीले बताइन्।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’