काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा जे पनि हुनसक्ने बताएका छन् । गोरखा बारपाक पुगेका प्रचण्डले गोरखाबाट निर्वाचित भएको आफू प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशका मुख्यमन्त्री एकैपटक भएको स्मरण गरे ।
पाण्डे कांग्रेसबाट गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका हुन् । गत चुनावमा कांग्रेस र माओवादीबीच चुनावी गठबन्धन भएको थियो । .
प्रचण्डले भने, गोरखाबाट निर्वाचित भएका उहाँ मुख्यमन्त्री र म प्रधानमन्त्री सँगै बन्यौं । यहाँ फेरि केही काम बढाउने तयारी गर्दागर्दा हामी दुईटा पार्टी दुईतिर भयौं । त्यसको समीक्षा त म अहिले गर्दिनँ । राजनीति हो के-के हुँदै जान्छ अहिले भन्न सकिँदैन । भोलि अर्कै हुन पनि सक्छ ।’
उनले गोरखाको विकासका लागि मुख्यमन्त्री पाण्डेसँग आफ्नो कुराकानी भइरहेको बताए ।
उनले थपे, गोरखाको विकासको निम्ति सरकारमा सँगै भएपनि नभएपनि हामीले कसैलाई भेदभाव नगरी निर्वाचनमा गरेको प्रतिबद्धताअनुसार काम गर्नुपर्छ भन्नेमा तयार छौं । उहाँ र मैले गरेको चुनावी प्रतिवद्धता पूरा गर्न हामी तयार छौं ।
उनले प्रचण्डले जनताको भावना अनुसार गोरखामा काम गरेन भन्यो भने आफूलाई अन्याय हुने भन्दै कामको फेहरिस्त सुनाए ।
सम्बन्धित खबर
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने