सुदीप हत्याको विरोधमा स्वतन्त्र युवा र राप्रपाको ब्यानरमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

प्रदर्शन

सुदीप हत्याको विरोधमा स्वतन्त्र युवा र राप्रपाको ब्यानरमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

राप्रपाले भन्यो- 'हाम्रो प्रदर्शन होइन, त्यस्तो नीति पनि छैन'

pak andolan

काठमाडौं । जम्मु कश्मिरको पहलगाममा एक नेपालीसहित २८ जनाको हत्या भएको आतंकवादी हमलामा नेपालको मुस्लिम आयोगले केही नबोलेको भन्दै स्वतन्त्र युवाको नाममा एक समूहले महाराजगन्जस्थित पाकिस्तानी दूतावासबाहिर प्रदर्शन समेत गरेको छ ।

२४ घण्टाको अल्टिमेटम दिएको उक्त समूहले पहलगाम हमलामा पाकिस्तानको हात रहेको भारतीय आरोप सही रहेको भन्दै ब्यानर र प्लेकार्डसहित मुख्य सडकमा केहीबेर प्रदर्शन गरेको हो ।

उनीहरुले पाकिस्तानी सेनाविरुद्ध समेत पोस्टर प्रदर्शन गरेका थिए । स्वतन्त्र युवा समूहको प्रदर्शन चलिरहेकै बेला केही व्यक्ति राप्रपाको ब्यानरमा सोही स्थानमा पुगेका थिए ।

उनीहरुले पहलगाम घटनाको निन्दा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हात रहेको आरोप लगाएर ओलीविरुद्ध नाराबाजी गरेका थिए ।

पाकिस्तानी दूतावास अगाडिको प्रदर्शनमा आतंकी हमलालाई लिएर प्रधानमन्त्रीविरुद्ध नाराबाजी हुन थालेपछि स्वतन्त्र युवा समूहका प्रदर्शनकारी भने त्यहाँबाट तितरवितर भएका थिए ।

‘पाकिस्तानी दूतावासबाहिरको प्रदर्शन हाम्रो होइन, त्यस्तो नीति पनि छैन’

राष्ट्रिय प्रजातन्त्र पार्टीले भने पाकिस्तानी दूतावासबाहिर राप्रपाको ब्यानरमा गरिएको प्रदर्शनमा पार्टीको संलग्नता नरहेको प्रष्ट पारेको छ ।

राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले पाकिस्तानी दूतावासबाहिर आज राप्रपाको ब्यानरमा भएको प्रदर्शन पार्टीको नभएको प्रष्ट पार्दै त्यस्तो प्रदर्शन गर्ने नीति पनि नरहेको बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ