शिक्षक आन्दोलनमा माधव र झलनाथ पुगेपछि नाराबाजी, लज्जित भएर फर्किए

आन्दोलन

शिक्षक आन्दोलनमा माधव र झलनाथ पुगेपछि नाराबाजी, लज्जित भएर फर्किए

राजनीति गर्न पाइँदैन भन्दै नाराबाजी गर्न थालेपछि फिर्ता

madhav jhalanath

काठमाडौँ । शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका दुई जना पूर्व प्रधानमन्त्रीहरू लज्जित भएर फर्किएका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र सम्मानित नेता तथा पूर्व प्रधानमनन्त्री झलनाथ खनाल आफ्नो मन्तव्य नराखी फर्किएका हुन् ।

शिक्षकहरूले उनीहरूविरुद्ध नाराबाजी गरेपछि दुवै जना नेतासहित पूर्व मन्त्रीहरू गंगालाल तुलाधर, प्रकाश ज्वाला लगायत अपमानजनक शैलीमा फर्किन बाध्य भएका हुन् ।

आन्दोलनमा समर्थन गर्दै भाषण गर्ने योजनासहित उनीहरू त्यहाँ पुगेका थिए । तर, आन्दोलनरत शिक्षकहरूले राजनीति गर्न पाइँदैन भन्दै नाराबाजी गर्न थालेपछि उनीहरू भाषण नगरी फर्किएका हुन् ।

‘कोही नेता यहाँ आउनुपर्दैन, सक्ने भए संसदमा बोल’ भन्दै शिक्षकहरूले नाराबाजी गरेका थिए । त्यसपछि प्रहरीले स्कर्टिङ गरेर गाडीसम्म पु¥याएको थियो । यतिसम्म कि नेपाल र खनाल आएका बेला ‘पञ्चायती ऐन खारेज गर, शिक्षा ऐन जारी गर जस्ता नाराबाजी गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ