‘शिक्षकहरूले हामीलाई खेदेको होइन, नाराबाजीसहित भव्य स्वागत गरेका हुन्’: माधव नेपाल

प्रतिक्रिया

‘शिक्षकहरूले हामीलाई खेदेको होइन, नाराबाजीसहित भव्य स्वागत गरेका हुन्’: माधव नेपाल

madhav-nepal aandolan

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले शिक्षकहरूको आन्दोलनलाई ऐक्यबद्धता जनाउन आफूहरू जाँदा शिक्षकहरूले भव्य स्वागत गरेको बताएका छन् ।

आन्दोलनरत शिक्षकहरूलाई समर्थन गर्न जाँदा नाराबाजी भएको भन्दै गलत नियतले प्रचार गरेको भन्दै उनले आपत्ति जनाए ।

शिक्षक आन्दोलनबाट फर्किएपछि एक भिडिओ सन्देश जारी गर्दै उनले भने, ‘हामीले शिक्षकहरूको मागप्रति ऐक्यबद्धता जाहेर गर्‍यौँ । शिक्षकहरूमा उत्साह बढेको पायौँ । मनोबल बढेको पायौँ । त्यसपछि हामी बिदा भएका हौँ । तर, गलत नियत बोकेकाहरूले अनावश्यक प्रचार गरेका छन् ।’

उनले शिक्षकहरूले आफूहरूलाई खेदेको नभई स्वागत गरेको दाबी गरे ।

उनले थपे, ‘शिक्षकहरूले ताली बजाएर, नारा लगाएर र हामीले पनि मुठ्ठी उचालेर उहाँहरूको नारामा साथ दिएका थियौँ । बाहिर गरिएका स्टन्टबाजीको कुनै अर्थ छैन ।’

उनले शिक्षकहरूको माग सम्बोधन गर्न सरकारसँग माग गरे । नेपालले आफ्नो पार्टीको शिक्षक आन्दोलनप्रति समर्थन रहेको बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ