स्पेन र पोर्चुगलमा विद्युत अवरोध हुँदा इन्टरनेट, यातायात र उडान प्रभावित

स्पेन र पोर्चुगलमा विद्युत अवरोध हुँदा इन्टरनेट, यातायात र उडान प्रभावित

साइबर आक्रमणको कुनै सङ्केत नभेटिएको ईयूको भनाइ

Spain-and-Portugal

पोखरा । स्पेन र पोर्चुगलमा विद्युत आपूर्ति बन्द हुँदा जनजीवन प्रभावित बनेको छ। सोमबार स्पेन र पोर्चुगलको अधिकांश ठाउँहरुमा व्यापक मात्रामा विद्युत् आपूर्ति बन्द हुँदा अधिकांश क्षेत्रमा अन्धकार छाएको छ।

व्यापक विद्युत अवरोधका कारण सार्वजनिक यातायात ठप्प भयो भने सडकहरूमा ठूलो जाम लाग्यो। साथै विमानस्थलका उडानहरूसमेत डिले भए भने कतिपय उडानहरु रद्दसमेत गर्नुपरेको रोयटर्सले जनाएको छ।

घटनाको व्यवस्थापनका लागि स्पेनमा एक संकट व्यवस्थापन समिति गठन गरिएको छ। ठूलो मात्रामा विद्युतीय संकट देखिएपछि स्पेन र पोर्चुगल सरकारले आपतकालीन मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

यो अवरोधले स्पेनको उत्तरपूर्वी सीमानासँग जोडिएको फ्रान्सको केही भागलाई पनि छोटो समयका लागि प्रभावित पारेको जनाइएको छ।

पोर्चुगलको युटिलिटी कम्पनी आरइएनले सम्पूर्ण इबेरीन प्रायद्वीपमा विद्युत् आपूर्ति बन्द भएको पुष्टि गरेको छ। जसले फ्रान्सको केही भूभागलाई समेत असर गरेको बताएको छ।

त्यस्तै, स्पेनको विद्युत् ग्रिड सञ्चालन कम्पनी ‘रेड इलेक्ट्रिक्स’ ले क्षेत्रीय ऊर्जा कम्पनीहरूसँग मिलेर विद्युत् पुनस्र्थापनामा काम गरिरहेको जनाएको छ।

यसैबीच विद्युत अवरोधमा साइबर आक्रमणबारेको कुनै सङ्केत नभेटिएको ईयूले जनाएको छ ।

स्पेन र पोर्चुगलमा व्यापक विद्युत अवरोधपछि त्यहाँ साइबर आक्रमण भएको भन्ने अनुमान गरिएको थियो । तर युरोपेली सङ्घका प्रमुख एन्टोनियो कोस्टाले अहिलेसम्म साइबर आक्रमणको कुनै सङ्केत नभेटिएको बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ