रेशम चौधरी प्रज्ञा भवन परिसरबाट पक्राउ

पक्राउ

रेशम चौधरी प्रज्ञा भवन परिसरबाट पक्राउ

Resham-chaudhary

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।

उनलाई कमलादीस्थित प्रज्ञा भवनबाट सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् । चौधरीलाई त्यहाँबाट डिल्लीबजार कारागार लगिएको छ ।

जनमत पार्टी र नागरिक उन्मुक्तिबीच बुधबार एकता गर्ने तयारी थियो । त्यसकै लागि चौधरी कमलादी पुगेका थिए ।

टीकापुर घटनामा अदालतको फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ । टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । गणतन्त्र दिवसको अवसर पारेर प्रचण्ड सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीसहित ५०१ जना कैदीलाई माफी दिएका थिए।

टीकापुर घटनामा मारिएकामध्ये एक प्रहरी अधिकारी केशव बोहराकी पत्नी कैद माफी गराउने सरकारको कदमलाई चुनौती दिँदै सर्वोच्च अदालत पुगेकी थिइन्।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरी पक्राउ परेको कुरा आफूले पनि सुनेको बताउँदै यसबारे विस्तृत बुझ्ने प्रयास भइरहेको बताइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ