बालुवाटारमा सत्तारुढ दलको बैठक, गगन गएनन्

बैठक

बालुवाटारमा सत्तारुढ दलको बैठक, गगन गएनन्

baluwatar baithak

काठमाडौँ । अहिले सत्तारूढ गठबन्धनका दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, शिक्षक आन्दोलन, चिकित्सक आन्दोलनलगायतका राष्ट्रिय राजनीतिका विषयमा सत्तारूढ दलहरू छलफलमा बसेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको सचिवालय अनुसार बैठकमा एमालेबाट प्रधानमन्त्री ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल महासचिव शंकर पोखरेल, उपमहासचिव द्वय प्रदीपकुमार ज्ञवाली र विष्णुप्रसाद रिमाल सहभागी छन्।

यस्तै नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा सहभागी छन्। महामन्त्री गगनकुमार थापा भने सहभागी छैनन्।

यस्तै बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईलगायत सहभागी छन् । जसपा नेपाल, जनमत र नागरिक उन्मुक्तिबाट भने कोही आएका छैनन्।

यसअघिका गठबन्धनको बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपाका अध्यक्ष डा. सिके राउत र नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि सहभागी हुँदै आएका थिए।

जनमत र नाउपाबीच पार्टी एकता घोषणा कार्यक्रम भएकाले ती दलका नेताहरू भने बैठकमा सहभागी छैनन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ