राजावादी विरूद्ध ओलीको कटाक्ष: गाडी कुदाएर प्रहरी किच्नेहरूको हातमा शासनसत्ता पुगे के गर्लान्?

राजनीति

राजावादी विरूद्ध ओलीको कटाक्ष: गाडी कुदाएर प्रहरी किच्नेहरूको हातमा शासनसत्ता पुगे के गर्लान्?

kp oli

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णु प्रवृत्ति बोक्नेहरूविरुद्ध खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गरेका छन्।

अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक परिवर्तन र सचेतनाका लागि योगदान दिने मजदुर वर्गलाई एकताबद्ध भएर सही र महान उद्देश्य प्राप्तिमा गतिशील हुन आग्रह गरे।

‘फालिएको राजतन्त्र पक्षधरहरूको अराजकता गत चैत १५ को तीनकुने-हिंसात्मक र दानवीय घटनामा स्पष्ट देखियो। उनीहरूको प्रशंसा नगर्ने कलाकारको फिल्म नहेर्नेजस्ता असहिष्णु व्यवहार गर्ने राजतन्त्रवादीहरूले फेरि फर्कने कुचेष्टा गरिरहेका छन्। शान्ति कायम गर्न उभिएका प्रहरीमाथि गाडी लिएर किच्न जान्छन् भने त्यस्ताहरूको हातमा शासन सत्ता पुगेमा के गर्लान्?,’ उनले प्रश्न गरे।

राजावादीहरूले नेपालको सभ्यता र संस्कृतिमा चुनौती दिएको भन्दै त्यस्तालाई जवाफ दिन सक्नुपर्ने उनले बताए। उनले भने, ‘हामी समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा लिएर सुनौलो भविष्य बोकेर हिँडेका छौं। हामीले रगत पसिना बगाएर ल्याएको लोकतान्त्रिक प्रणालीको रक्षा हामीले गर्छौं। हाम्रो झण्डा ख्यालख्यालमा रातो भएको होइन, मजदुरहरूले शान्तिपूर्ण र न्यायपूर्ण समाजका लागि लाग्दा गोली खाएर ढल्दाखेरि सेतो झण्डामा रगत लतपतिएकाले रातो भएको हो। बलिदानबाट निस्किएका झण्डाहरू राता हुन्छन्। हाम्रो देशको झण्डामा पनि रातो रंग रहेको छ। हामी संघर्षको गाथा झल्काउने झण्डा छोड्ने छैनौ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ