काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सरकारले ‘श्रम संसार’ पोर्टल सुरू गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्माण गरेको उक्त पोर्टलको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरे ।
अब सरकारदेखि निजी संघसंस्थासम्मले कर्मचारी खोज्न एवं कसैलाई रोजगारी चाहिए यही आधिकारिक पोर्टलको सहारा लिन सकिने भएको छ । प्रधानमन्त्री ओलीले सरकार, निजी क्षेत्र र नागरिकलाई ‘श्रम संसार’ ले पुलको काम गर्ने बताएको छ ।
उनले भने, ‘यसले रोजगारीमा आबद्धता हुन सहजीकरण गर्नेछ । रोजगारदाताको नियमन र नागरिकमा श्रमको सम्मान गर्ने बानीको विकास हुनेछ । रोजगारदातालाई योग्य जनशक्तिको उपलब्धता सुनिश्चित हुनेछ ।’
श्रमिक, रोजगारदाता र रोजगार सेवाबीचको दूरी हट्ने पनि उनको विश्वास छ । निकट भविष्यमा नागरिक एपमा समावेश गर्दै सबै जनतासँगको पहुँच वृद्धिका लागि प्रधानमन्त्रीले निर्देशन दिए ।
उनले भने, ‘जब सीपमूलक जनशक्ति रोजगारीमा जोडिन्छ, समृद्ध नेपाल त्यतिबेला सम्भव हुन्छ । सुखी नेपाली त्यतिबेला सम्भव हुन्छ, जतिबेला श्रमिकको कल्याण महिलाको आत्मनिर्भरता र त्यसले निरन्तरता प्राप्त गर्दछ ।’
सम्बन्धित खबर
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणबाट टाढै रहने
‘सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने हुनसक्छ, तयार रहनू’: शंकर पोखरेल
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
यात्रुसहितको कार सुनकोसीमा खस्यो, कार र यात्रुको अवस्था अज्ञात
ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिण्डर एकै पटक भर्न खोज्दा कृत्रिम अभाव
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो