काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सरकारले ‘श्रम संसार’ पोर्टल सुरू गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्माण गरेको उक्त पोर्टलको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरे ।
अब सरकारदेखि निजी संघसंस्थासम्मले कर्मचारी खोज्न एवं कसैलाई रोजगारी चाहिए यही आधिकारिक पोर्टलको सहारा लिन सकिने भएको छ । प्रधानमन्त्री ओलीले सरकार, निजी क्षेत्र र नागरिकलाई ‘श्रम संसार’ ले पुलको काम गर्ने बताएको छ ।
उनले भने, ‘यसले रोजगारीमा आबद्धता हुन सहजीकरण गर्नेछ । रोजगारदाताको नियमन र नागरिकमा श्रमको सम्मान गर्ने बानीको विकास हुनेछ । रोजगारदातालाई योग्य जनशक्तिको उपलब्धता सुनिश्चित हुनेछ ।’
श्रमिक, रोजगारदाता र रोजगार सेवाबीचको दूरी हट्ने पनि उनको विश्वास छ । निकट भविष्यमा नागरिक एपमा समावेश गर्दै सबै जनतासँगको पहुँच वृद्धिका लागि प्रधानमन्त्रीले निर्देशन दिए ।
उनले भने, ‘जब सीपमूलक जनशक्ति रोजगारीमा जोडिन्छ, समृद्ध नेपाल त्यतिबेला सम्भव हुन्छ । सुखी नेपाली त्यतिबेला सम्भव हुन्छ, जतिबेला श्रमिकको कल्याण महिलाको आत्मनिर्भरता र त्यसले निरन्तरता प्राप्त गर्दछ ।’
सम्बन्धित खबर
निर्वाचन आयोगद्वारा नमूना मतपत्र सार्वजनिक, काठमाडौंको सबैभन्दा ठूलो
निर्वाचन आयोग आचारसंहिता पालना गराउन सक्रिय, २१ जनालाई स्पष्टीकरण सोधियो
बालेन्द्रको घरमा चोरी भएको घटना के हो ?
नयाँतिर हावा चलेकै छ, तर प्रत्यक्ष–समानुपातिक मिलाएर एक नम्बर पार्टी बन्छौँ: प्रचण्ड
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो
सहिदका आकांक्षा पूरा गर्नु नै सच्चा श्रद्धाञ्जलीः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ