काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै ठूलो आन्दोलन हुने बताएका छन् ।
बिहीबार १३६ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आन्दोलनका लागि तयार रहन आग्रह गरे ।
‘मजदुर साथीहरू, तपाईहरू राम्रो तयारीमा जानुस्, हामी छिट्टै हामी ठूलो आन्दोलनमा जानुपर्ने अवस्था छ’, उनले भने । उनले तमाम समस्याका समाधान गर्न पार्टी तयार रहेको बताए । ‘तपाईंहरू विचार गर्नुहोला, समय छिट्टै नै आउँदै छ– एउटा नयाँ आन्दोलन, अभियान, क्रान्तिको । त्यसको नेतृत्व गर्न पार्टी तयार छ’, उनले भने ।
प्रचण्डले सरकारमा जाने रुचि समेत नरहेको जिकिर गरे । ‘हामी अब फेरि एकचोटी यथास्थितिवादीसँग मिलेर सरकारमा जाने कुनै रुचि छैन । हामी हाम्रो जनतासँगै ठिक छौँ, वर्गसँगै ठिक छौँ । तपाईंहरू कन्फ्युजनमा नपर्नु होला’, उनले भने ।
सरकारले सुशासनविरुद्ध भ्रष्टाचारको पक्षमा काम गरिरहेको प्रचण्डको आरोप छ । उनले सिंगै राजनीतिक परिवर्तन उल्ट्याउन खोजिएको बताए । उनले कस्तो खालको क्रान्ति गर्ने समय आएको भन्ने चाहिँ व्याख्या गरेनन् ।
प्रचण्डले हालै सकिएको हुलाकी राजमार्गकेन्द्रित अभियानको चर्चा गर्दै पार्टीमा यसले निकै उत्साह थपिएको उल्लेख गरे । अभियानका क्रममा आफूहरु एक करोड जनताकाबीचमा गएको दाबी समेत प्रचण्डले गरे ।
सम्बन्धित खबर
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो