‘दिलको ढोका’ गीत बजारमा [भिडियो]

गीत संगीत

‘दिलको ढोका’ गीत बजारमा [भिडियो]

दिपकको शब्द र सन्तोषको संगीत

पोखरा । पछिल्लो समयकी व्यस्त तथा लोकप्रिय गायिका शान्तिश्री परियार र नव गायक हिमलाल सुनारको स्वरमा नयाँ लोक दोहारी गीत ‘दिलको ढोका’ बजारमा सार्वजनिक भएको छ ।

गीतमा दिपक अधिकारीको शब्द र सन्तोष सुवेदीको संगीत रहेको छ । गीतमा माया प्रेमका भावहरु प्रस्तुत गरिएको छ ।

भावना म्युजिक सोलुसनबाट सार्वजानिक भएको गीतमा व्यस्त मोडल बिमल अधिकारी र सरिता दान्कुटीले कम्मर मर्काएका छन् । गीतको भिडियोलाई प्रविन थापाले निर्देशन गरेका हुन् । राजेश घिमिरेले खिचेको उक्त भिडियोलाई अमृत चापागाइँको सम्पादन रहेको छ । गीतलाई याम थापा मगरले एरेन्ज गरेका हुन् ।

नव गायक सुनारको यो दोस्रो गीत हो । उनले यसअघि ‘मेरै माया जाती’ नामक दोहोरी गीत बजारमा ल्याएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ