चिली र अर्जेन्टिनाको तटमा ७.४ म्याग्निच्युडको भूकम्प

चिली र अर्जेन्टिनाको तटमा ७.४ म्याग्निच्युडको भूकम्प

earthquake bhukampa vukampa

पोखरा । चिली र अर्जेन्टिनाको दक्षिणी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) का अनुसार भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ । भूकम्पलगत्तै चिलीले हिजो देशको दक्षिणी क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको छ ।

सुनामीको जोखिम हुनसक्ने भएकाले म्यागालेन्स क्षेत्रको तटीय क्षेत्र खाली गरी सुरक्षित ठाउँमा जान आग्रह गरिएको चिलीको विपत् व्यवस्थापन निकाय सेनाप्रेडले जनाएको छ ।

राष्ट्रपति गेब्रियल बोरिकले पनि आफ्नो एक्स अकाउन्टमा ‘म्यागालेन्स क्षेत्रभरि समुद्र तट खाली गर्न’ आह्वान गरेका छन् । भूकम्पपछि स–साना परकम्प गइरहेका छन् ।

भूकम्पका कारण मानवीय र भौतिक भए/नभएको विवरण आइसकेको छैन । चिली भूकम्प अति प्रभावितमध्ये पर्ने देश हो ।

यसअघि सन् १९६० मा दक्षिणी शहर भाल्डिभियामा ९.५ म्याग्निच्युडको भूकम्पबाट कम्तीमा नौ हजार पाँच सय जनाको ज्यान गएको थियो । यो भूकम्पलाई अहिलेसम्मकै सबैभन्दा शक्तिशाली मानिएको छ ।

त्यस्तै सन् २०१० मा चिलीको मध्य तटीय क्षेत्रमा गएको ८.८ म्याग्निच्युडको भूकम्पमा परी ५ सय २० जानभन्दा धेरैको ज्यान गएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ