काठमाडौं । नेकपा एमालेका सांसद सुर्य थापाले राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमसँग भेटवार्ता गरेका छन्। राष्ट्रियसभा सदस्य समेत रहेका गौतमलाई सांसद थापाले भैंसेपाटीस्थित निवासमै पुगेर भेट गरेका हुन्।
संसद्को हिजोको संयुक्त बैठकमा नेकपा एसको लहरमा गौतम बसेको भोलिपल्ट नै थापाले महत्त्वपूर्ण भेटघाट भएको भन्दै फेसबुकमा फोटो राखेका छन्।
‘वरिष्ठ राजनीतिज्ञ राष्ट्रियसभा सदस्य कमरेड वामदेव गौतमसँग भैंसेपाटीस्थित निवासमा महत्त्वपूर्ण भेटघाट भएको छु थापाले लेखेका छन्, ‘मूलतः प्युठानमा उहाँको समयमा थालनीको प्रक्रियामा रहेका केही कामहरूप्रतिको लगाव र जोड जिउँदो जाग्दो नै रहेको छ।’
प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको हैसियतमा दुवैले आ(आफ्नो निर्वाचन क्षेत्र र जन्मथलोका लागि मिलेर केही गर्न लागिपर्ने समझदारी थालेको उल्लेख गरेका छन्।
एकता अभियान चलाइरहेका गौतम केही समयअघि माधव नेपाल नेतृत्वको नेकपा एसमा प्रवेश गर्न तयार भएका थिए। तर, एमाले अध्यक्ष ओलीले एमालमै फर्काउने आश्वास दिएपछि उनी अहिले अन्योलमा छन्।
हिजो सदनमा माधव नेपालसँगै बसेको भोलिपल्टै ओलीका नजिक मानिएका सांसद थापाले गौतमसँगको फोटा राख्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
सम्बन्धित खबर
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए