पोखरा । बेलायतको लण्डन वाटरलु नजिकै थेम्स नदी किनारमा नेपाली विद्यार्थी मृत फेला परेको छ ।
त्यहाँको प्रहरीले शव रुकुम पश्चिम मुसीकोट नगरपालिका–१२ का २० वर्षीय सुशान ओलीको भएको पुष्टि गरेको हो ।
लण्डन मेट्रोपोलिटन (महानगरीय) प्रहरीका अनुसार गत मंगलबार थेम्स नदी किनारमा ती विद्यार्थीको शव भेटेको थियो । तर, शवको पहिचान हुन सकेको थिएन।
नेपालबाट फिङ्गर प्रिन्ट (औंठा छाप रेकर्ड) झिकाए पछि प्रहरीले उक्त शव नेपाली विद्यार्थी सुशान ओलीको भएको पुष्टि गरेको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ ।
बेलायतको कोभेन्ट्री विश्वविद्यालयमा बिजनेश म्यानेजमेन्ट एन्ड लिडरसीप कोर्समा ब्याचलर्स दोस्रो वर्ष पढ्ने तयारी गरिरहेका ओली अप्रिल २१ तारिख (बैशाख ८) देखि सम्र्पकविहीन थिए ।
दूतावासमा भने यसको जानकारी २३ तारिखमा पुगेको थियो । प्रहरीले अनुसन्धानको क्रममा लण्डनको वाटरलूनजिकै थेम्स नदीमाथिको पुल छेउ ओली शव र उनको मोबाइल, पर्स, कोठाको चाबी, पासपोर्टलगायत फेला पारेको थियो । त्यसपछि प्रहरी अनुसन्धानको क्रममा उनी बस्ने डेगेनहृयाम हीथवे नजिक घर पुगेको थियो । त्यसपछि प्रहरीले कोभेन्ट्री विश्वविद्यालय पढ्ने नेपाली विधार्थीसँग सम्पर्क गरेर थप अनुसन्धान अघि बढाएको थियो ।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’