काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले संसद्का सबैभन्दा ठूला दुई दल मिलेर बनेको सरकार पनि ढल्ने चर्चा चल्ने गरेको भन्दै आवश्यक परे रास्वपाले टेको दिने बताएका छन् ।
वर्तमान सरकार ढले देशले कसरी निकास पाउँछ भन्ने अन्योलपूर्ण अवस्था आउने भन्दै उनले त्यस्तो अवस्था आउन नदिन रास्वपाले सरकारलाई टेको लगाउने बताए ।
‘सैद्धान्तिक–व्यवहारिक रूपमा दुई भिन्न ठाउँमा हुनु पर्ने भए पनि संसद्का दुई वटा ठूला दल अहिले एकै ठाउँमा छन् । हाम्रा धेरै साथीहरूले पनि यो सरकार ढल्नु हुँदैन भनिरहनुभएको छ । म पनि भन्छु, यो सरकार ढाल्न लाग्यो भने टेवा दिनलाई रास्वपा तयार छ । तर, सरकार ढाल्नु हुँदैन । किनभने, यो सरकार ढलेपछि देशकाले के गति पाउँछ त ?’
उनले देशमा विपत्तिको अवस्थामा मात्र यसरी प्रमुख ठूला दलहरू मिलेर सरकार बनाउने अभ्यास देखिने गरे पनि सहज अवस्थामै पहिलो र दोसे दल मिलेर सरकार बनाएको चर्चा गरे । तर, त्यसरी बनेको सरकारले पनि जनताका अपेक्षा पूरा गर्न नसकेको भन्दै उनले कार्यशैलीको आलोचना गरे ।
‘हिजो तीन महिना नबित्दै हामीलाई लख्ट्नेहरूले अहिले ३०० दिन पुग्न लाग्दा पनि किन काम गर्न नसकेको ?,’ सत्तापक्षलाई उनको प्रश्न छ ।
सांसद् श्रेष्ठले नीति तथा कार्यक्रमले सांस्कृति सम्पदालाई अत्यन्त अवहेलना गरेको जिकिर गरे ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण