यो सरकार ढल्न लागे रास्वपाले टेको दिन्छ: विराजभक्त

यो सरकार ढल्न लागे रास्वपाले टेको दिन्छ: विराजभक्त

Birajbhakta-Shrestha

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले संसद्का सबैभन्दा ठूला दुई दल मिलेर बनेको सरकार पनि ढल्ने चर्चा चल्ने गरेको भन्दै आवश्यक परे रास्वपाले टेको दिने बताएका छन् ।

वर्तमान सरकार ढले देशले कसरी निकास पाउँछ भन्ने अन्योलपूर्ण अवस्था आउने भन्दै उनले त्यस्तो अवस्था आउन नदिन रास्वपाले सरकारलाई टेको लगाउने बताए ।

‘सैद्धान्तिक–व्यवहारिक रूपमा दुई भिन्न ठाउँमा हुनु पर्ने भए पनि संसद्का दुई वटा ठूला दल अहिले एकै ठाउँमा छन् । हाम्रा धेरै साथीहरूले पनि यो सरकार ढल्नु हुँदैन भनिरहनुभएको छ । म पनि भन्छु, यो सरकार ढाल्न लाग्यो भने टेवा दिनलाई रास्वपा तयार छ । तर, सरकार ढाल्नु हुँदैन । किनभने, यो सरकार ढलेपछि देशकाले के गति पाउँछ त ?’

उनले देशमा विपत्तिको अवस्थामा मात्र यसरी प्रमुख ठूला दलहरू मिलेर सरकार बनाउने अभ्यास देखिने गरे पनि सहज अवस्थामै पहिलो र दोसे दल मिलेर सरकार बनाएको चर्चा गरे । तर, त्यसरी बनेको सरकारले पनि जनताका अपेक्षा पूरा गर्न नसकेको भन्दै उनले कार्यशैलीको आलोचना गरे ।

‘हिजो तीन महिना नबित्दै हामीलाई लख्ट्नेहरूले अहिले ३०० दिन पुग्न लाग्दा पनि किन काम गर्न नसकेको ?,’ सत्तापक्षलाई उनको प्रश्न छ ।

सांसद् श्रेष्ठले नीति तथा कार्यक्रमले सांस्कृति सम्पदालाई अत्यन्त अवहेलना गरेको जिकिर गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ