काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा पार्टीको तर्फबाट समस्या नरहेको बताएका छन् ।
सभापति देउवाले शुक्रबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा बोलाएको पदाधिकारी बैठकमा गठबन्धनबारे ब्रिफिङ गर्दै अहिलेसम्म प्रधानमन्त्री ओली र नेकपा एमालेसँग आफू र नेताहरूको कुनै पनि विषयमा खटपट नभएको बताएको एक पदाधिकारीले बताए ।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जस्तै छोडेर गएमा भने केही नलाग्ने उनको भनाइ छ । देउवाले कांग्रेसले २०७९ को निर्वाचनपछि प्रचण्डलाई नछोडे पनि आफै छोडेर गएको र अहिले पनि ओलीले त्यस्तै गरी छोडेर गएमा केही नलाग्ने ब्रिफिङ गरेको ती पदाधिकारीले बताए ।
गृहमन्त्रीसमेत रहेका नेता रमेश लेखकले पनि राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयलाई लिएर गठबन्धनमा समस्या भएको भनेर हल्ला चले पनि सत्य त्यस्तो नभएको बताएका थिए । गभर्नर नियुक्तिको विषयमा बिहीबार साँझ पनि प्रधानमन्त्री ओलीसहित एमाले नेताहरूसँग भएको छलफलमा सहमति भइसकेको गृहमन्त्री लेखकले बताएका थिए । त्यसपछि सभापति देउवाले गभर्नरको विषयमा हिजो भन्दा पहिला नै ओलीसँग सहमति भइसकेको बताए ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’