काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधानलाई चुनौती दिएर देशलाई वंशवादतिर फर्काउने प्रयास भइरहेको भन्दै माओवादीले जिम्मेवार भएर त्यसको सामना गर्ने बताएका छन् ।
धरानमा आयोजित किराँती राष्ट्रिय मुक्ति मोर्चा र लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलनमा प्रचण्डले राप्रपाका सांसदहरूले यही संविधानअनुसार सदनभित्र बसेर तलबभत्ता र सबै सुविधा लिएर संविधानकै विरोध गरेको भन्दै आलोचना गरे ।
‘देशमा संघीय लोकतान्त्रिक गणतन्त्र छ । त्यही भएर सदनभित्र बसेर यही संविधानअनुसार तलबभत्ता सबै सुविधा लिने, अनि ही संविधानको विरोध गर्ने अधिकार पाउनुभएको छ । तपाईँको हिजो राजशाहीमा त्यो अधिकार थियो ? जनताले बिर्सेको छैन, बिर्सिने पनि छैन’, प्रचण्डको भनाइ थियो ।
प्रचण्डले राप्रपाका सांसदलाई नक्कली राजाको कुरा नगर्न भन्दै रियल राजा (वीरेन्द्र) को वंशनास भएको विषयमा छानबिन गरौं भन्ने आँट छ ? भन्दै राप्रपालाई प्रश्न गरेका छन् ।
यस विषयमा उनको भनाइ जस्ताको तस्तै-
दरबारभित्रको भयानक सिंगो परिवारको हत्याको छानबिन गर्ने आँट किन गर्नुभएन । मैले गणतन्त्रको पहिलो प्रधानमन्त्रीको हैसियतले प्रस्ताव गरेको थिएँ । दरबारको भयानक हत्याको जिम्मेवार को हो ? जनताको मनमनमा सबैलाई क्लियर छ, यही हो भन्ने । आयोगकै छानबिन नभएकाले भन्न गार्हो छ । सही छानबिन गर्ने हो भने हाम्रै आँखा अगाडि छन् । प्रमाणित गर्न केही गार्हो छैन, जनताले बुझ्नुपर्यो फेरि एकपटक जाग्नुपर्यो । आन्दोलन गर्छौं भन्ने राजावादी साथीहरूलाई दरबार हत्याकाण्डको छानबिन गरौं भन्ने प्रस्ताव ल्याउन आँट गर्नुहुन्छ ? तपाईँ बडो राजा चाहिन्छ भन्नेहरूलाई अरुभन्दा सालिन राजा भनेर जनताले माया गर्ने राजाको निर्मम ढंगले हत्या हुँदा त्यसको छानबिन गरौं भन्ने आँट छ ? अनि के को राजाको कुरा गर्नुहुन्छ ? अहिले तपाईँहरूले भन्ने गरेको राजा राजा होइनन् । नक्कली राजा हुन् । नक्कली राजालाई बोक्नुभएको छ ? रियल राजाका हत्यारालाई छानबिन गरौं किन भनिरहनुभएको छैन । तपाईँहरू पनि नक्कली कुरा गरिरहनुभएको छ ।
राजावादीको योजना चैत १५ मै विफल बनाएको भन्दै जेठ १५ देखि अर्को आन्दोलनको दुस्साहस नगर्न चेतावनीसमेत दिए ।
उनले भने, ‘हत्यारा मण्डले गुण्डागर्दी अहिले पनि हत्या, आगजनीमै गए १५ गतेबाट जनतालाई छर्लङ्गै भयो देखियो । सुनारको सय चोट, लोहारको एक चोट भनेजस्तो एक चोट हामीले हानेपछि उनीहरूको बेलुन फुटेको छ । १ लाख काठमाडौंमा उतारेपछि उनीहरूको योजना विफल भयो । जेठ १५ देखि अर्को बेलुनमा हावा भर्ने अरे । खबरदार ! त्यो हुनेवाला छैन । जागिसकेको जनतालाई संसारको कुनै शक्तिले रोक्ने छैनन् । त्यो दुस्साहस नगर्न कथित राजावादीलाई चेतावनी दिन चाहन्छु ।’
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह