कोलम्बो । श्रीलंकामा तीर्थयात्री सवार बस आइतबार (मे ११) दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । १४ जना गम्भीर घाइते छन् ।
सरकारी स्वामित्वको एउटा बस मध्यपहाडी क्षेत्र कोटमाले हुँदै जाँदै गर्दा बिहान सबेरै भीरबाट खसेको प्रहरीले जनाएको छ । उक्त बसमा क्षमताभन्दा २० बढी अर्थात् करिब ७० यात्रु सवार रहेका र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
एक स्थानीय प्रहरी अधिकारीले एएफपीलाई टेलिफोनमार्फत भने, “हामी यो यान्त्रिक खराबी हो वा बस गुडिरहेका समय चालक निदाएर दुर्घटना भएको हो भन्ने कारण पत्ता लगाउने प्रयासमा अनुसन्धान गरिरहेका छौँ ।”
नाम नबताउने सर्तमा ती अधिकारीले भने, “दुर्घटनाका कारण घटनास्थलमा नै १५ र अरू ६ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । अरू १४ जना गम्भीर रूपमा घाइते भएका छन् ।”
उक्त बस श्रीलंकाको दक्षिणमा रहेको तीर्थस्थल कातारागामाबाट करिब २५० किलोमिटर (१५५ माइल)को दूरीस्थित केन्द्रीय सहर कुरुनेगालातर्फ जाँदै थियो ।
श्रीलंकामा वर्षेनि औसत तीन हजार सडक दुर्घटना हुने गरेका छन् । अत्यधिक दुर्घटना हुने गरेकाले श्रीलंकाका सडक संसारकै सबैभन्दा खतरनाकमध्येमा पर्छन् ।
श्रीलंकाको पोल्गाहावेला सहरको रेलमार्ग पास गर्ने क्रममा सन् २००५ अप्रिलमा एउटा रेललाई ठक्कर दिँदा बसमा रहेका कम्तीमा ३७ जनाको मृत्यु भएको थियो । आइतबारको बस दुर्घटना श्रीलंकामा भएका सबैभन्दा खराब सडक दुर्घटनामध्ये एक हो ।
सन् २०२१ को मार्चमा पासारामा बस दुर्घटना हुँदा १३ यात्रु र चालकको मृत्यु भएको थियो । रासस/एपी/एएफपी
सम्बन्धित खबर
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने कि नदिने ? सर्वोच्चमा यस वर्ष दोस्रोपटक मुद्दा
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?