बेलायत पलायन भइसकेपछि लुम्बिनीकी सांसद गीताले उतैबाट राजीनामा पठाएको खुलासा

राजनीति

बेलायत पलायन भइसकेपछि लुम्बिनीकी सांसद गीताले उतैबाट राजीनामा पठाएको खुलासा

gita-lumbini

दाङ । जनमत पार्टी लुम्बिनीसभाकी सांसद गीता गुरूङ बेलायत पलायन भइसकेपछि पदबाट राजीनामा दिएको खुलेको छ ।

समानुपातिक सांसद रहेकी गीताले देश र जनता हितका नाममा राजीनामा पत्रमा लेखेपनि देश नै नबस्ने गरी पलायन भइसकेकी खुलेको हो ।

गीता अब बेलायतमै बस्ने बताइन्छ । उनी यसअघि नै बेलायत आउजाउ गर्ने गरेको संसदीय दलका नेता चन्द्रकेश गुप्ताले बताए । अहिले पनि उतै रहेको सूचना पाएको गुप्ताले बताएका छन् । उनका अनुसार सांसद गुरूङ पछिल्लो २ महिनायता सम्पर्कमा थिइनन् ।

भैरहवाको सिद्वार्थ नगरकी गुरूङ बेलायतमै रहेकी र उतैबाट हस्तलिखित राजीनामा पठाएकी हुन् । गीताको राजीनामा पत्र उनका पति कैलाश गुरूङले सञ्चारकर्मीहरूलाई मेसेन्जरमा पठाइदिएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds