बालेनले संयोजक तोकेका वडाध्यक्षहरूले स्वीकार गरेनन्, कार्यपालिकाबाट निर्णय नभएको प्रतिक्रिया

बालेनले संयोजक तोकेका वडाध्यक्षहरूले स्वीकार गरेनन्, कार्यपालिकाबाट निर्णय नभएको प्रतिक्रिया

balen

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चारवटा विषयगत समितिमा नयाँ संयोजक तोकेकामा तीमध्ये तीन जनाले आफूहरू जिम्मेवारी वहन नगर्ने भन्दै पत्र पठाएका छन्।

आइतबार वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की र वडा नम्बर ८ का अध्यक्ष विनोदकुमार राजभण्डारीले संयुक्त हस्ताक्षर गर्दै कार्यपालिकाले जिम्मेवार अनुमोदन नगरेको भन्दै मेयर बालेनलाई पत्र पठाएका हुन्।

वडा नम्बर ५ का अध्यक्ष प्रजापतिले मेयरले संयोजकको जिम्मेवारी दिएपछि नबस्ने भन्ने कुरा नहुने तर यो कार्यपालिकाबाट अनुमोदित हुनुपर्ने बताए । प्रजापतिले भने, ‘तोकिँदैमा बस्न नमिल्ने भएर हामीले मेयरलाई पत्र पठाएका हौं।’

यस्तै एउटा समितिको सदस्य भएको व्यक्तिलाई अर्को समितिको संयोजक नियुक्‍त गर्न नमिल्ने उनले बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds