काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा सहभागी नभएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)प्रति आपत्ति जनाएका छन्।
सिंहदरवारमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले सहभागी हुने नहुने विषयमा सोधीखोजी गर्न निर्देशन दिए।
कहिल्यै नआउने व्यक्तिको नाम राखिरहने प्रवृत्ति हटाउनुपर्ने प्रधानमन्त्रीको भनाइ छ। ‘केही मान्छेलाई हामीले हरेक पटक बोलाउँछौं। तर, कहिल्यै देखा पर्दैनन्। पद ओहोदाकै कारण नामचाहिँ सधैं टाँस्नुपर्ने? मानका लागि मान राख्ने चलन छोड्नुपर्छ कि क्या हो,’ प्रधानमन्त्री ओलीले बालेन लक्षित टिप्पणी गर्दै भने।
उनले गणतन्त्रको महत्त्व नहुनेहरूको नाम झुन्ड्याउन आवश्यक नरहेको बताए। ‘कसैलाई कुनै अर्थ छैन। कुनै महत्त्व छैन। अनि वास्तै नहुनेको नाम सधैं झुन्ड्याइरहने? नगरे पनि हुन्छ। कि तपाइँहरुले सोध्नुस्। आउने हो कि होइन। रुची छ कि छैन,’ उनले थपे।
प्रधानमन्त्रीको भनाइपछि सरकारका मुख्य सचिव एकनारायण अर्यालले प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा बोलाएका मान्छे आउनुपर्ने कर्तव्य भएको बताए। तर, उपस्थित नभएकै कारण सोध्न गाह्रो हुने उनको भनाइ छ। ‘सम्माननीयज्युले चेयर गरेको कार्यक्रममा बोलाएको मान्छे आउने कर्तव्य हो। उहाँको जिम्मेवारीभित्र पर्ने विषय पनि हो। अब सोध्न पनि गाह्रो। जिल्ला बाहिर भए त एउटा विषय भयो। फर्मल मिटिङमा चाहिँ आउनुपर्छ भन्ने हामीले मान्यता राख्छौं। अर्को कुरा, सम्माननीयज्यु बस्दाबस्दै उठेर जाने प्रवृत्ति पनि नराम्रो हो,’ उनले भने।
त्यसपछि प्रधानमन्त्री ओलीले रेकर्ड हेरेर आउने हो कि होइन सोध्न निर्देशन दिए। ‘हरेक पटक इतिहासचाहिँ बनिरहने। नाम चाहिँ छापिरहने। पवित्र नाम पढिरहन पर्ने,’ उनले भने, ‘आउने होइन, आउन सक्दिन हो भने नाम नराख्नुहोला।’
सधैं बोलाउनुपर्ने बाध्यता हटाउनुपर्ने उनको भनाइ छ। ‘हाइलेभल कमिटीमा सहभागिताका लागि निमन्त्रणा गर्ने। तर, एकपटकको कुरा होइन, दुई पटक, तीन पटकसम्म पनि आएन भने पद नै जान्छ। जसलाई न चाड, न पर्व, न केही, न केही। कुनै वास्ता नभएको। अनि सधैं बोलाउनुपर्ने। हामीलाई बाध्यता हुने अनि आउन पर्ने मान्छे नआइदिने। यस्तो हुँदैन,’ प्रधानमन्त्रीले भने।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’