काठमाडौँ । आज (मंगलबार) मन्त्रिपरिषदको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे बस्ने भएको हो ।
हिजो (सोमबार) नियमित रूपमा बस्नुपर्ने बैठक प्रधानमन्त्रीको स्वास्थ्यका कारण अन्तिम समयमा स्थगित भएको थियो । यसका कारण आज मन्त्रिपरिषदको बैठक नियमित रूपमा बस्ने तालिका रहेको छ ।
आजै अपरान्ह ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै छ भने यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटघाट भएको थियो ।
सिफारिस समितिको बैठकले उनी र डेपुटी गभर्नर नीलम ढुगानासहित ३ जनालाई गभर्नरमा सिफारिस गर्न लागेको स्रोतले बतायो । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटवातार्मामा पौडेलको नाममा सहमति जुटेको थियो ।
आज बस्ने मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्ति गर्नेछ । पाैडेल कांग्रेसकाे काेटाबाट गभर्नर बन्न लागेका हुन् ।
उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकसहित ओली र देउवाबीच आज बिहान छलफल भएको छ। स्रोतका अनुसार भेटमा उनीहरुबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति, आगामी जेठ १५ गते सरकारले ल्याउने बजेट, सदनलाई प्रभावकारी बनाउन र समसायमिक राजनीतिक विषयमा छलफल भएको छ। गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर रिक्त छ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण