काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता विजय जोलीले नेपाल हिन्दु राष्ट्र बन्नुपर्ने बताएका छन् । बुधबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी जोलीले सो कुरा बताएका हुन् ।
इन्स्टिच्युट फर पब्लिक पोलिसी एन्ड डेभलपमेन्टको निमन्त्रणामा नेपाल आएका जोलीले विभिन्न राजनीतिक दलका व्यक्तिहरूसँग भेटघाट गरेका थिए । जोलीले राष्ट्रपति रामचन्द्र पौडेल लगायत विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए । उक्त भेटघाटमा धेरै शीर्ष नेता तथा नेपाली जनताले हिन्दु राष्ट्रको चाहना राखेको आफूले पाएको भन्दै नेपाली जनताको भावनालाई नेपालले साथ दिनुपर्ने बताए ।
पत्रकार सम्मेलनका क्रममा जोलीले भने, ‘नेपालका ८१ दशमलव २ प्रतिशत जनता हिन्दु छन् र उनीहरूले हिन्दु राष्ट्र चाहन्छन् भने राज्य पनि त्यसका लागि तयार हुनुपर्छ । जनताको भावना बुझेर निर्णय गरे मात्रै लोकतन्त्र मजबुत हुन्छ ।’
चार दिन नेपालमा बसेका जोलीले यहाँ बस्दा आफूले नेपाली जनताको भावना बुझेको र उनीहरूले हिन्दु राष्ट्र चाहेको भन्दै यहाँका राजनीतिक दलले धर्म निरपेक्षताका सम्बन्धमा विचार गर्नुपर्ने बताए ।
सार्कको औचित्य सकियो
भाजपाका वरिष्ठ नेता जोलीले वर्तमान अवस्थामा सार्कको औचित्य सकिएको पनि बताए । क्षेत्रीय स्तर द्वन्द्व बढ्दा पनि सार्कले केही गर्न नसकेको भन्दै सार्क फोरमको औचित्य समाप्त भइसकेको र नयाँ ढङ्गबाट अगाडि बढ्नुपर्ने जोलीको भनाई थियो ।
आतंकवादलाई संरक्षण गर्ने कोही बाँकी रहँदैनन्
भाजपाको वरिष्ठ नेता जोलीले आतंकवादलाई संरक्षण गर्ने कुनै पनि देश सुरक्षित नरहने बताए । भारतको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबिच भएको आक्रमणको विषयमा बोल्दै भारतले आम नागरिकलाई नभई आतंकवादीलाई निशाना बनाएको बताए । साथै पाकिस्तानले ओसामा बिन लादेन जस्ता आतंकवादीलाई संरक्षण गरेको सम्झना गर्दै आतंकवादलाई संरक्षण गर्ने देश सुरक्षित नरहने चेतावनीसमेत दिए ।
पाकिस्तानको नाम नलिई जोलीले भने, ‘आतंकवादीलाई संरक्षण गर्ने र शरण दिने कहिल्यै सुरक्षित रहँदैनन् । हामीले पाकिस्तानमा आतंकवादीको आश्रय स्थलमा आक्रमण गर्यौँ र आतंकवादीलाई परास्त गर्यौँ । एक आतंकवादीले आफू पनि त्यही आक्रमण मारिएको भए उत्तम हुने थियो भनेर वक्तव्य नै जारी गरे ।’
पत्रकार सम्मेलनमा जोलीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पहलगाम घटनाको १२ घण्टा नबित्दै भारतप्रति ऐक्यबद्धता जनाएको स्मरण गर्दै धन्यवादसमेत दिए ।
साथै उनले भारत कसैको रगत नबगोस् भन्ने पक्षमा रहेको भन्दै जसको रगत बगे पनि मान्छेकै रगत बग्ने र दुख्ने भएकाले भारत रगत बगाउने पक्षमा नरहेको बताए ।
‘नेपालमा पीडा हुँदा दिल्लीलाई दुख्छ’
भाजपाका नेता जोलीले नेपाल र भारतबिच आत्मीय सम्बन्ध रहेको बताउँदै नेपालमा पीडा हुँदा दिल्लीलाई दुख्ने गरेको बताए । भारत जहिले पनि नेपाललाई सहयोग गर्न तयार रहेको र गरिरहेको भन्दै आतंकवादविरुद्ध सँगै लडेर जानुपर्ने बताए ।
जोलीले नेपालसँगको आफ्नो सम्बन्ध आत्मीय रहेको भन्दै अगाडि भने, ‘२० वर्षमा मैले २२ पटक नेपालको भ्रमण गरिसकेको छु । नेपाल आएपछि यहाँको माटोको टिका लगाउँछु । नेपालसँग मेरो पूर्व जन्मदेखिकै सम्बन्ध छ भन्ने आभास हुन्छ ।’
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन