पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरलले नेकपा एमाले र पार्टीको नेतृत्वलाई नेकपा (माओवादी केन्द्र) ले आक्रमण गरिरहेको बताएका छन् ।
पोखरामा राष्ट्रिय युवा संघ नेपालको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले सो टिप्पणी गरेका हुन् । नेकपा एमाले पार्टी र पार्टीको नेतृत्वमा हमला गर्ने काम माओवादीले गरिरहेको उनले बताए ।
‘आज हाम्रो पार्टीका विरुद्ध जुन प्रकारको घेराबन्दी र आक्रमण भइरहेको छ । कसका तर्फबाट भइरहेको छ भन्ने कुरालाई हामीले विश्लेषण र विवेचना गर्ने हो भने सबैभन्दा धेरै हाम्रो पार्टी र हाम्रो पार्टीका नेतृत्वको विरुद्धमा नेकपा माओवादी र तिनका कार्यकर्ताहरू अत्यन्त आक्रामक रुपमा प्रस्तुत भइरहेको पाउने गर्दछाँै,’ उनले भने ।
उनीहरूको उद्देश्य नै नेकपा एमालेलाई कमजोर र समाप्त पार्नु रहेको उनको भनाइ थियो । अहिलेको सरकारले बिग्रिएको नेपालको अर्थतन्त्र सुधार गरिरहेको दाबी उनले गरे ।
‘हाम्रो पार्टी र हाम्रो पार्टी नेतृत्वका विरुद्धमा जुन हमला भइरहेको छ । जुन प्रकारको घेराबन्दी र आक्रमण भइरहेको छ । त्यसबाट हामीले के कुरा बुझ्नुपर्छ भने हाम्रा विरोधीहरुले जुन हिसावले हाम्रो विरोध गरिरहेका छन् । त्यो आलोचनाको अन्तर्य के हो भन्नेकुरा बुझ्नुपर्दछ । जसको ध्येय, उद्देश्य नै नेकपा एमालेलाई कमजोर र समाप्त पार्ने रहेको छ, उनीहरूले गर्ने आलोचनाबाट हाम्रो पार्टी पंक्ति उद्वेलित हुनु हुँदैन,’ महासचिव पोखरेलले भने ।
अहिलेको सरकारले बिग्रिएको नेपालको अर्थतन्त्र सुधार गरिरहेको उनको दाबी छ । महासचिव पोखरेलले नेकपा (एमाले)को नेतृत्वको सरकार र एमालेबाट कुनै गलत काम नभएको दाबी गरे ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने