रविका वकिल रास्वपा नेता यज्ञमणि भन्छन्- रवि बाहिर आउने सम्भावना केही समय गाह्रो छ, नेता फेरौं

राजनीति

रविका वकिल रास्वपा नेता यज्ञमणि भन्छन्- रवि बाहिर आउने सम्भावना केही समय गाह्रो छ, नेता फेरौं

yagyamani-neupane

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट अधिवक्ता यज्ञमणि न्यौपानेले पार्टी सभापति रवि लामिछानेको ठाउँमा नयाँ सभापति बनाउन सुझाव दिएका छन् । शनिबार रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेलाई सुझाव पत्र पठाउँदै उनले उक्त सुझाव दिएका हुन् ।

न्यौपानेले लामिछाने तत्काल जेलबाट नछुट्ने अवस्थामा संसदीय दलको अर्को नेता चयन हुनुपर्ने धारणा सार्वजनिक गरेका छन् । पार्टीको शुभेच्छुक संस्था स्वतन्त्र कानुन व्यवसायी संघका अध्यक्षसमेत रहेका न्यौपानेले पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको लागि जनमत संग्रहको माग राख्नुपर्ने उल्लेख गरेका छन् ।

न्यौपाने यसअघि सो पार्टीको अनुशासन आयोगका कार्यवाहक प्रमुख थिए । पछि उनले सो पदबाट राजीनामा दिएका थिए । उनले सामाजिक सन्जालमा पनि आफ्नो धारणा राखेका छन् ।

हेर्नुहोस् उनका धारणा जस्ताको तस्तै-

मिति २०८२/२ /१२गतेको सर्वोच्च अदालतको आदेशले अब पार्टी सभापति रवि लामिछाने बाहिर आउने सम्भावना केही समयको लागि गाह्रो छ ।पार्टीलाई अगाडि बढाउन देहाएका काम गर्नु उपयुक्त हुन्छ भन्ने मेरो बुझाइ रहेको छ।

संगठित रूप

१. रिक्त पार्टी उपसभापति ,महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य- सम्पूर्ण जातजाति लिङ्ग समुदायबाट प्रतिनिधित्व हुनेगरी )महाअधिवेशनसम्मका लागि तत्काल पूर्ति गर्ने।

२. शुभेच्छुक संगठन सबै निकायमा अभिलम्ब निर्माण गर्ने र ती शुभेच्छुक संगठनहरु भातृ संगठनको रुपमा नरही स्वेत्त प्रकृतिका रहने

३.संसदीय दलको नेता चयन गर्ने

४.सम्पूर्ण विभाग तथा समितिलाई पूर्णता दिने

५. ७९ सालमा प्रतिनिधिसभाको निर्वाचन लडेका उम्मेदवारहरूलाई प्राथमिकताका साथ उचित प्रतिनिधित्व गराउने ।

सैद्धान्तिक रूप

१. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग संसद तथा सरकारमा राख्ने र जनमत संग्रह माग गर्ने जनमत संग्रहका लागि सदन तथा सडकबाट संघर्ष सुरु गर्ने।

२. वैकल्पिक राजनीतिक दलहरूर नयाँ राजनैतिक दलर वैकल्पिक राजनीतिक सोच भएका सम्पूर्ण शक्तिहरूसँग गोलमेच सम्मेलन गरी साझा एजेन्डा तय गर्ने र जनआन्दोलन भाग ३ को घोषणा गर्ने ।

३. विदेशमा रहेका नेपालीलाई राजदूतावास मार्फत मतदान गर्ने अधिकारको लागि सार्वजनिक महत्वको प्रस्ताव संसदमा पेश गर्ने , र पास गराउन सडक आन्दोलन गर्ने, सामाजिक सञ्जाल आन्दोलनको समेत घोषणा गर्ने ।

४.देशका विविध विषयमा ज्ञान भएका विज्ञहरुलाई राखी खुल्ला विचार गोष्ठी आयोजना गरी प्राप्त सुझाव अनुसार पार्टीले लिने सैद्धान्तिक दृष्टिकोण तय गर्ने।

५.भारत ,चीन ,अमेरिका , युरोपियन युनियन भित्रका देशहरू लगायतका शक्ति राष्ट्रहरूसँग कुटनैतिक सम्बन्ध कायम गर्न छायाँ राजदूतको रुपमा प्रतिनिधित्व तोकी सम्बन्ध विस्तार गर्ने।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ