अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने तयारी

राजनीति

अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने तयारी

uml-sachiwalaya

काठमाडौं । नेकपा एमालेले विद्यार्थी संगठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने भएको छ । केन्द्रीय सचिवालयको बैठकमा महासचिव शंकर पोखरेलले सो प्रस्ताव राखेका हुन् ।

औपचारिक निर्णय नभए पनि नेतृत्वको मनसाय बमोजिम पार्टीको सर्कुलरमा उमेर हदको विषय निर्णयका रुपमा आउने एक पदाधिकारी बताउँछन् ।

स्वतन्त्र विद्यार्थी युनियनको उमेर हद २८ वर्ष भएकाले विद्यार्थी नेताको उमेर हद ३२ लगाउनुपर्ने तर्कसहितको प्रस्ताव बैठकमा आएको छ । युवा संघमा ४० वर्ष उमेर हद भएकाले विद्यार्थीमा उमेरको छुट दिन नमिल्ने नेतृत्वको भनाइ छ ।

यो निर्णय भयो भने अर्को साताबाट शुरु हुने अनेरास्वविुयुको महाधिवेशनबाट वर्तमान उपाध्यक्षहरु मर्यादा विष्ट, गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती, महासचिव नरेश रोकाय, सवि सन्जिव धिताल, कोषाध्यक्ष संगम अर्याललगायत ठूलो पंक्ति संगठनबाट बिदा हुनेछ ।

त्यसपछि अहिलेका पदाधिकारीमध्ये सचिवहरु डा. सुजन कडरिया, प्रकाश पौडेल, दीपक धामी, अन्जना शिवाकोटी र आरती भट्टराईमात्र योग्य हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds