माओवादी सचिव पद पाएपछि गंगानारायण श्रेष्ठले गरे नेसपालाई समायोजन

राजनीति

माओवादी सचिव पद पाएपछि गंगानारायण श्रेष्ठले गरे नेसपालाई समायोजन

prachanda-and-gaganarayan

काठमाडौं : नेपाल समाजवादी पार्टी (नेसपा) का गंगानारायण श्रेष्ठ समूह नेकपा (माओवादी केन्द्र)मा समाहित भएको छ। श्रेष्ठलाई माओवादी केन्द्रले सचिव बनाउने भएपश्चात सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनी नेतृत्वको समूह माओवादी केन्द्रमा समायोजन भएको हो।

यस अगाडि डा. बाबुराम भट्टराईबाट विभाजित भएर गएको महेन्द्रराय यादवले माओ‌वादीसँग सहमति नगरेपछि श्रेष्ठ पक्ष आज माओवादीमा गएको हो।

दुई पार्टीबीच ५ बुँदे सहमति भएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठ बीच एकता सहमतिपत्रमा हस्ताक्षर र पत्र आदानप्रदानसमेत भएको छ। सहमतिका बुँदामा अरू नेतालाई पनि उचित जिम्मेवारी दिने उल्लेख छ। पार्टीको कार्यक्रम नेपाली विशेषता अनुरुपको समाजवादी कान्तिको कार्यक्रम हुने उल्लेख छ ।

के-के छन् सहमति ?

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ