रास्वपाले गर्‍यो सहमहामन्त्री सुमना र विभाग प्रमुख अनिल केशरीको राजीनामा स्वीकृत

राजनीति

रास्वपाले गर्‍यो सहमहामन्त्री सुमना र विभाग प्रमुख अनिल केशरीको राजीनामा स्वीकृत

sumana-shrestha-and-anilkeshari-shah

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री सुमना श्रेष्ठ र प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाहको राजीनामा स्वीकृत गरेको छ ।

आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकले श्रेष्ठ र शाहले पदबाट दिएको राजीनामा स्वीकृत गरेको हो ।

प्रतिनिधिसभा सदस्यसमेत रहेकी श्रेष्ठले पार्टीमा ‘एक पद, एक व्यक्ति’ हुनुपर्ने भन्दै सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । यस्तै, शाहले नेतृत्व विकासमा पार्टीले प्राथमिकता नदिएको भन्दै राजीनामा दिएका थिए । लामो समयदेखि राजीनामा थन्किएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ