काठमाडौं : नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गरेको छ। आज बसेको माओवादीको पदाधिकारी बैठकपश्चात उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले पावर प्रयोग गरेर छानबिन अबरुद्ध हुन सक्ने भएकाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेको जानकारी दिए।
प्रश्न उठेकाले गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्न उचित हुने निष्कर्ष निकालेको उनको भनाई छ। ‘अहिले यो अध्यागमनमार्फत नेपालीलाई भिजिट भिसामा पठाउने कार्यमा गृहमन्त्रीका कर्मचारी जोडिएका छन्। नैतिकताको आधारमा राजीनामा दिन चौतर्फी आवाज आइराखेको छ। कांग्रेसभित्रका नेताले समेत पनि राजीनामा मागेका छन्।’ सापकोटाले भने,‘हाम्रो पार्टीको पदाधिकारी बैठकले के निष्कर्ष निकालेको छ भने, अब गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ। राज्यका निकायहरूले छानबिन नै सुरु गरिसकेको यस्त अवस्थामा। ताकि पहुँच, प्रभाव र पावर दुरुपयोग हुन नपाओस्। स्वतन्त्र र निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्छ, उहाँले तुरुन्त राजीनामा दिनुपर्छ, जति ढिलो भयो उति राज्यको साख गिर्दै जान्छ भन्ने हाम्रो निष्कर्ष छ।’
यस अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसकै संस्थापनइत्तरका नेताहरुले छानबिनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए। उनले भने, ‘नैतिकताको हिसाब म क्लिन छु, मैले राजीनामा गरेँ। छानबिन समिति बनाउनुस्, गर्नुहोस् तपाईंहरु भने भैहाल्यो नि। त्यसले मोरल स्ट्याटस देखिन्छ।’ उनले विगतमा पनि केही मन्त्रीहरुले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजिनामा दिँदा उनकै नैतिकता सघाउ पुग्ने बताए।
यता नेपाली कांग्रेसले बिना आधार गृहमन्त्री रमेश लेखकले राजीनामा दिन नहुने निष्कर्ष निकालेको छ। आज बिहान सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा बसेको पदाधिकारी बैठकपश्चात प्रवक्ता प्रकाशशरण महतले सामाजिक सञ्जाल र मिडियामा आएका अफवाहको भरमा राजीनामा नदिने बताएका हुन्। ‘विपक्षीले संसद अवरुद्ध गर्नुपर्ने कुनै आधार छैन। न उहाँ (गृहमन्त्री रमेश लेखक) छानबिनको दायरामा हुनुहुन्छ। न उहाँलाई कसैले प्रत्यक्ष वा ठोस आरोपित गरेर आरोप दर्ता गरेको छ। बिना आधारसामाजिक सञ्जालमा सुनियोजित रुपमा फैलाइएको अफवाहको आधारमा संसद अबरुद्ध गर्नुहुँदैन।’ उनले भने,‘रवि लामिछानेको केशमा आरोप आयो र दर्ता भएको भएपछि संसदीय छानबिन समिति गठनको माग गरिएको हो। छानबिनले आधार देखिएपछि त्यो भएको हो।’
सम्बन्धित खबर
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने