पोखरा । राष्ट्रिय युवा संघको १० औं महाधिवेशनमा सर्वसम्मति प्रयास विफल भएपछि निर्वाचन हुने निश्चित भएको छ । अध्यक्षमा सुमन पुरीले अडान नछाडेपछि चुनावमै धकेलिएको हो ।
निर्वाचन कमिटीले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी मंगलबार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी छ । नेतृत्वका लागि वर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरी प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । थेवे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् । पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन् ।
सर्वसम्मत नेतृत्व चाहेका नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तत: निर्वाचन भएपनि हुन्छ भन्ने सन्देश पठाएका छन् । उनले हालका अध्यक्ष क्षितिज थेबेलाई नै अध्यक्ष दोहोर्याउन चाहेका थिए । तर, सुमनले अडान नछाडेपछि मतदानमार्फत नेतृत्व चुनिन लागेको हो ।
निर्वाचन एमाले अध्यक्ष ओलीले सोमबार पार्टीका जिम्मवार नेताहरुमार्फत सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र सहमति नहुँदा दुवै उम्मेदवार आफ्नाे लागि समान भएका सन्देश पठाएका छन् । ‘पार्टीभित्र संगठन निर्वाचनमा एउटा उम्मेदवार पार्टीकाे र अर्काे नहुने भन्ने हुँदैन । दुवै युवा संघकै हुन् । जसले जिते पनि अध्यक्ष स्वीकार्य छन् ।’ – ओलीले भनेका छन् ।
महासचिवमा थेवे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन् । शुक्रबारदेखि पोखरामा जारी महाधिवेशनको मतदान भोलि बिहान ८ बजेबाट सुरु गर्ने निर्वाचन कमिटीको तयारी छ ।
लेखा आयोगका उपाध्यक्ष र सचिवसहित ६४ जना निर्विरोध
राष्ट्रिय युवा संघमा लेखा आयोगका उपाध्यक्ष र सचिवसहित ६४ जना निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन कमिटीले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार लेखा आयोगको उपाध्यक्षमा अमित कार्की र सचिवमा लोकेश पाल निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षसहित ९३ पदका लागि भोलि बिहानदेखि मतदान हुँदैछ ।
यी हुन् निर्विरोध निर्वाचित हुने केन्द्रीय सदस्यहरु:
सदस्य महिलाः
युवान्तिका राई
कला राई
भुगोलतर्फका केन्द्रीय सदस्यहरु:
गोरखा – प्रविण अधिकारी
पर्वत – विक्रम श्रेष्ठ
म्याग्दी – शिशिर शाही
मनाङ – मदन गुरुङ
मुस्ताङ – केसाङ ठोक्या ठकुरी
नवलपुर – बिराजन थापा
ताप्लेजुङ – मनोज लिम्बू
पाँचथर – गणेश योङहाङ
इलाम – नागेन्द्र श्रेष्ठ
झामा – खगेन्द्र राज आन्देम्बे
सुनसरी – दिवस राई
उदयपुर – तुल्सीराम चौलागाईं
ओखलढुंगा – बिनोद खत्री
सोलुखुम्बु – राजु खड्का
सर्लाही – जिवेश प्रशाई
धनुषा – अनसी राईन मिया
सिराहा – सुमित श्रेष्ठ
सप्तरी – सञ्जय कुमार यादव
पर्सा – रवि गुप्ता
भक्तपुर – रविन थापा क्षेत्री
ललितपुर – सुजित बस्नेत
रसुवा – सुरज गुरुङ
दोलखा – सुजन श्रेष्ठ
चितवन – शंकर अधिकारी
रुकुम – पुर्व हेमराज केसी
प्यूठान – पिमबहादुर पुन
नवलपरासी – विश्वबन्धु पोखरेल
दाङ – फुर्पा लामा
बर्दिया – रमेश रावल
डोल्पा – पाण्डप महतरा
मुगु – जनकराज राउत
रुकुम पश्चिम – गंगाराम रोकाय
बाजुरा – मिलन ऐडी
बझाङ – संसारबहादुर खड्का
कंचनपुर – राहित कुवर
डडेल्धुरा – भरत मल्ल
दार्चुला – कोमलराज विष्ट
कोशी प्रदेश (महिला)
सुमना लिवाङ,
अनुपमा राई,
कान्ता भट्टराई,
बिपना बुढाथोकी,
रमिला नेपाल,
सोफिया लिम्बू,
सुम्निमा खातुन
मधेश प्रदेश(महिला)
अनितादेवी शाह,
प्रगती थापा,
भावना आचार्य,
शर्मिला केसी र,
सुमित्रा तिमिल्सिना ।
लुम्बिनी प्रदेश (महिला)
कल्पना पाण्डे मगर,
पुर्णिमा बुढाथोकी,
मिनाकुमारी बिसी,
पुजा थारु,
श्रद्धा कुवर क्षेत्री,
लक्ष्मी बुढा
कर्णाली प्रदेश (महिला)
इन्द्राकुमारी कार्की,
रितु गुरुङ
सविना रावत
अन्तरजिल्ला विशेष प्रदेश (महिला)
सोनु बराल
विन्दु शर्मा
सम्बन्धित खबर
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
प्रत्येक वर्ष भदौ २३ गते ‘जेन-जी सहिद दिवस’ मनाउने सरकारको निर्णय
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’