पराजय पछि पुरी: खुला प्रतिस्पर्धाको आस्था राख्ने युवाहरूको ठूलो जित

राष्ट्रिय युवा संघ महाधिवेशनः

पराजय पछि पुरी: खुला प्रतिस्पर्धाको आस्था राख्ने युवाहरूको ठूलो जित

suman puri 1

राष्ट्रिय युवा संघको अध्यक्षमा पराजय भएपछि सुमन पुरीले खुला प्रतिस्पर्धाको आस्था राख्ने युवाहरूको ठुलो जित भएको बताएका छन्।

बुधबार सामाजिक सञ्जालमा मतदाताहरूलाई धन्यवाद दिँदै पुरीले खुला प्रतिस्पर्धाको आस्था राख्ने युवाहरूको ठुलो जित भएको बताएका हुन्।

‘यसरी खुला प्रतिस्पर्धा हुनु नै राष्ट्रिय युवा संघ नेपालमा आस्था राख्नुहुने सबै सबै युवाहरूको ठुलो जित हो। यो यात्रामा म केवल पदको लागि होइन, विचार, मूल्य र परिवर्तनको पक्षमा उभिएको थिएँ। यात्राको हरेक पाइला हार होस् वा जित सङ्गठनमा आन्तरिक लोकतन्त्र बलियो बनाउने आधार बनेको छ र म गर्वका साथ भन्छु,’ उनले लेखेका छन्, ‘म त्यो प्रक्रिया र विचारको हिस्सा बन्न पाएँ, जनताको बहुदलीय जनवादलाई सङ्घमा उत्कृष्ट प्रयोग गर्नका लागि आवाज उठाए, जुन मेरो लागि जितभन्दा कम छैन। हामी सबैको यो कदमले सङ्गठनभित्र बहस, विकल्प र परिपक्वताको नयाँ ढोका खोलेको छ ।’

पुरीले विजयी साथीहरूलाई बधाई दिँदै सङ्गठनलाई अझ सशक्त र समावेशी बनाउन पनि भनेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ