काठमाडौं । राजावादीहरुले ज्ञानेन्द्र शाह वा उनको नाती हृदयेन्द्रलाई राजा बनाउन सकिने अभिव्यक्ति दिइरहेका बेला विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिले भने हाल चर्चामा रहेका पात्रहरुमा राजामा हुनुपर्ने गुण र गरिमा नभएको जनाएको छ ।
जनचाहना भएमा गुण गरिमाले युक्त स्वच्छ, निष्पक्ष र लोकप्रिय जोकोही व्यक्ति राजा बन्न सक्ने राष्ट्रिय समितिको धारणा छ ।
राप्रपा, राप्रपा नेपालसहितका दलहरुले राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको लक्ष्य अनुसार यही जेठ १५ गते काठमाडौंमा गर्न लागेको प्रदर्शनको सन्दर्भमा विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले विज्ञप्ति जारी गरी सो धारणा सार्वजनिक गरेका हुन् ।
विज्ञप्तिमा लेखिएको छ, ‘हिन्दु राष्ट्रमा राजा निषेधित हुँदैन, जनचाहना भएमा राजाकीय गुण गरिमाले युक्त स्वच्छ, निष्पक्ष र लोकप्रिय जोकोही व्यक्ति राजा बन्न सक्छ । चर्चामा रहेका पात्रहरुमा राजामा हुनुपर्ने गुण गरिमा पाइँदैन ।’
जेठ १५ गते हुन लागेको प्रदर्शनको विषयमा मंगलबार काठमाडौंमा सम्पादकहरुसँगको छलफलमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने अभिव्यक्ति दिएका थिए ।
‘यदि ज्ञानेन्द्र शाहलाई वृद्ध भयो भन्नुहुन्छ भने विकल्पमा जान तयार हुनुपर्छ,’ शाहीकालमा मन्त्री समेत बनेका थापाले भनेका थिए, ‘राष्ट्रिय सहमति हुन्छ भने हृदयेन्द्र शाहलाई राजा बनाऔं । उहाँ २०/२१ वर्षको हुनुभयो ।’ हृदयेन्द्र ज्ञानेन्द्रका नाती र पारस शाहका छोरा हुन् ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु