ओली र देउवा एकमत- गृहमन्त्रीको राजीनामा असम्भव, भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ

राजनीति

ओली र देउवा एकमत- गृहमन्त्रीको राजीनामा असम्भव, भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ

oli-deuba-lekhak

काठमाडौं । प्रधानमन्त्रीसहित नेकपा (एमाले) र नेपाली कांग्रेसका नेताहरूबीच बालुवाटारमा छलफल भएको छ। बालुवाटारमा कांग्रेसका शीर्ष नेतृत्वसहित प्रधानमन्त्रीको छलफलले गृहमन्त्रीको राजीनामा असम्भव रहेको निचोड निकालेको छ ।

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र प्रमुख सचेतक श्याम घिमिरे र एमाले मुख्य सचेतक महेश बर्तौला सहभागी थिए।

प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलहरूले सदनमा उठाएका विषयका बारेमा सरकारका तर्फबाट गृहमन्त्री लेखकले बुधबार प्रतिनिधि सभा बैठकलाई जानकारी गराउने निष्कर्ष छलफलले निकालेको एमाले मुख्य सचेतक बर्तौलाले जानकारी दिए।

‘आज प्रतिनिधि सभा कार्यसूचीअनुसार अघि बढ्नुपर्छ, संविधानबमोजिम भोलि सरकारले बजेट ल्याउनुपर्छ,’ उनले भने, ‘प्रतिपक्षीहरूले उठाएका विषयमा सरकारका तर्फबाट आज गृहमन्त्रीज्यूले जबाफ दिनुहुन्छ।’

प्रतिनिधि सभाको मंगलबारको बैठकमा माओवादी केन्द्रका सांसद वर्षमान पुन र रास्वपा सांसद शिशिर खनालले बोल्दै गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका थिए।

मंगलबार स्थगित प्रतिनिधि सभा बैठक बुधबार बिहान ११ बजेलाई बोलाए पनि निर्धारित समयमा बैठक सुरू हुन सकेको छैन।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ