गृहमन्त्रीलाई सदनमा बोल्न नदिएर प्रतिपक्षीले असंसदीय र गैरराजनीतिक व्यवहार देखाए: एमाले

राजनीति

गृहमन्त्रीलाई सदनमा बोल्न नदिएर प्रतिपक्षीले असंसदीय र गैरराजनीतिक व्यवहार देखाए: एमाले

mahesh-bartaula

काठमाडौं : नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसदमा प्रतिपक्षीले असंसदीय र गैरराजनीतिक व्यवहार देखाएको बताएका छन्।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई सदनमा बोल्न नदिएर प्रतिपक्षीले असंसदीय र गैरराजनीतिक व्यवहार देखाएको बताएका हुन्।

उनले आफूमाथि लागेको आरोपका सन्दर्भमा गृहमन्त्रीले सदनमा आफ्नो धारणा राख्न पाउनुपर्ने जिकिर गरे । बर्तौलाले सरकारलाई रोष्टममा पुग्नका लागि नाकाबन्दी लगाउने प्रतिपक्षीको कार्यशैली दु:खद रहेको भन्दै स्वीकार्य नहुने धारणा राखे।

उनले सत्तापक्षका सांसदहरूलाई समेत जनसरोकारका मुद्दामा बोल्न नदिनु उचित नभएको बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ