जनकपुर । बम विस्फोट गरी व्यक्ति हत्याको आरोप लागेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमले सफाइ पाएका छन् ।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले आलमलाई सफाइ दिएको हो । जिल्ला अदालत रौतहटले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो । तर उच्चले उक्त फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको हो ।
न्यायाधीशहरू खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले उनलाई बुधबार सफाइ दिएको हो । आलममाथि २०७६ साल असोजमा बम विस्फोट गरी व्यक्ति हत्या गरेको आरोप लागेको थियो । संविधानसभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटाभट्टामा त्रिलोकप्रताप सिंह, ओशी अख्तरसहित घाइतेलाई जिउँदै जलाएर हत्या गरेको आरोप आलममाथि थियो । घटनाको १२ वर्षपछि उनी पक्राउ परेका थिए ।
आलमलाई दोषी सावित गर्ने पर्याप्त प्रमाण नभेटिएको भन्दै उच्च अदालतले सफाइ दिएको हो ।
के हो घटना ?
२०६४ सालको पहिलो संविधानसभा चुनावमा राजनीतिक गर्मी बढेको थियो । कारण– नेपालको राजनीतिक इतिहासमै पहिलोपटक हुँदै थियो, संविधानसभा निर्वाचन । माओवादीको १० वर्ष लामो हिंसात्मक विद्राेह शान्तिपूर्ण राजनीतिमा अवतरण भएको थियो । २ सय ४० निर्वाचन क्षेत्रमै चुनावी माहौल तातेको थियो । रौतहट– २ मा राजनीतिक राप अझ बढी थियो ।
यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए, मोहम्मद अफताब आलमले । निर्वाचन मिति २८ चैत २०६४ तोकिएको थियो । सबै राजनीतिक दल घरदैलो कार्यक्रममा व्यस्त थिए ।
आलम समूहका कार्यकर्ता भने उनकै निर्देशनअनुसार बुथ कब्जा गर्ने रणनीतिमा जुटेकाे आराेप थियो । साेही उद्देश्यले २७ चैतमा रौतहटको राजपुर फरहदवाको आलमका कार्यकर्ताहरू एक घरको गोठमा बम बनाउँदै थिए । त्याे मुलतः विपक्षीलाई तर्साउने र बुथ कब्जा गर्ने तयारी थियाे । तर, त्यहाँ दुःखद घटना भयाे । बम बनाउने क्रममा विस्फोट भयाे । दुई जनाको घटनास्थलमै मृत्यु भयो भने विस्फोटमा २२ जना घाइते भए ।
घटना लुकाउन अफताव आलमलाई हम्मे पर्याे । अपराध लुकाउन उनले बम बनाउँदा घाइते भएका २२ जनालाई जिउँदै इँटाभट्टाको आगोमा हालेर मारेको आरोप छ । उक्त घटना चुनावको बेला भएका घटनामध्येकै सबैभन्दा बीभत्स मानिन्छ ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण