भारतमा पहिरोमा परी ३ सैनिकको मृत्यु, ६ जना बेपत्ता

भारतमा पहिरोमा परी ३ सैनिकको मृत्यु, ६ जना बेपत्ता

Pahiro 2

पोखरा । भारतको सिक्किम राज्यमा पहिरोमा परी तीन जना सैनिकको मृत्यु भएको छ । अन्य ६ जना बेपत्ता भएका छन् । सेनाले विज्ञप्ति निकालेर मुसलधारे वर्षापछि आएको पहिरो गएराति सेनाको क्याम्पमा खसेको जनाएको छ ।

यसैबीच मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोमा परी भारतको पूर्वोत्तर क्षेत्रमा कम्तीमा ३० जनाको ज्यान गएको छ । बाढी र पहिरोका कारण असम राज्यका १५ जिल्लाका झन्डै १ लाख जना प्रभावित भएका छन् ।

अविरल वर्षाका कारण असमका १२ जिल्लाका १ सय ७५ गाउँ डुबानमा परेका छन् । अत्यधिक वर्षाका कारण सडक यातायात र रेल सेवा अवरुद्ध भएका छन् । उत्तर सिक्किमका लाचेन र लाचुङमा सडक बिग्रिएर १ हजार ५ सय जनाभन्दा धेरै पर्यटक फसेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds