जन्मदिन मनाइरहेकी पाकिस्तानी टिकटकर सनाको गोली हानी हत्या, एक पक्राउ

जन्मदिन मनाइरहेकी पाकिस्तानी टिकटकर सनाको गोली हानी हत्या, एक पक्राउ

sana

पोखरा । पाकिस्तानको राजधानी इस्लामाबादमा १७ वर्षीया टिकटकर सना युसुफको उनकै घरमा गोली हानी हत्या गरिएको छ।

सञ्चारमाध्यमका अनुसार टिकटककर सना युसुफलाई सोमबार साँझ घरमै बसिरहेका बेला एक अज्ञात व्यक्तिले गोली हानेर हत्या गरेका हुन्।

आक्रमणकारीले गोली प्रहार गरेलगत्तै फरार भएका थिए। पछि उनलाई पक्राउ गरिएको छ।

आरोपी पञ्जाबका हुन् र उनको सनासँग पहिलेदेखि नै चिनजान रहेको बताइएको छ। प्रारम्भिक अनुसन्धानले हत्याको पछाडि व्यक्तिगत रिसइबी रहेको देखाएको छ।

प्रहरीले संदिग्धको साथबाट हत्यामा प्रयोग भएको हतियार पनि बरामद गरेको छ। अधिकारीहरूले सीसीटीभी फुटेजको मद्दतले आरोपीलाई पक्राउ गर्न सफल भएको बताएका छन्। हाल घटनाको थप अनुसन्धान भइरहेको छ।

सञ्चारमाध्यमका अनुसार, २ जुनमा सना आफ्नो १७औं जन्मदिन मनाइरहेकी थिइन्। सोही दिन एक व्यक्ति आफन्त बनेर उनको घरमा प्रवेश गरेका थिए।

प्रहरीका अनुसार, आरोपीले सुरुमा सनासँग घरबाहिर केहीबेर कुराकानी गरेका थिए र त्यसपछि घरभित्र पसेर गोली चलाएका थिए। सनालाई निकै नजिकबाट दुई गोली लागेको र घटनास्थलमै उनको मृत्यु भएको थियो।

१७ वर्षीया सना सामाजिक सञ्जालमा निकै लोकप्रिय थिइन्। सनाले हाँस्य, जीवनशैली, सांस्कृतिक जागरण र शैक्षिक सन्देशसँग सम्बन्धित सामग्रीहरू पोस्ट गर्थिन्।

टिकटकमा उनका ७ लाख २५ हजार र इन्स्टाग्राममा करिब ५ लाख फलोअर्स थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ